बिदुरः विद्यार्थीहरुलाई अध्ययनप्रति उत्साहित गराउने उद्धेश्यले नुवाकोटको नेपानेको एक विद्यालयका वादलवालिकाहरलाई जाडोमा न्यानो कपडा प्रदान गरिएको छ । बेलकोटगढी नगरपालिका ४ नेपानेस्थित विकास आधारभूत विद्यालयका एकसय ३५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।


विद्यालयमा पुगेर पुर्वमन्त्रि हितबहादुर तामाङ, संविधान सभा सदस्य बिमला सुवेदीलगायतले विद्यार्थीहरुलाई एक/एक सेट न्यानो कपडा हस्तान्तरण गरे । शिक्षाप्रेमी रुद्र ढुंगेलद्वारा उपलव्ध गराइएको न्यानो कपडा विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो ।











