बिदुरः विद्यार्थीहरुको अध्ययनप्रतिको निरन्तरतामा जोड दिदै नुवाकोटको समुन्द्रादेवीमा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । विद्यार्थीहरुलाई जाडोमा राहत मिलेको छ ।


शिवपुरी गाउपालिका ६ समुन्द्रादेवीस्थित जनसहयोग आधारभुत विद्यालयका ३० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । शिक्षामा सहयोग गर्दै आएको रिवाज फाउन्डेसनले उक्त न्यानो कपडा वितरण गरेको हो ।

उक्त संस्थाले प्रत्येक वर्ष संस्थाले यसरी नै न्यानो कपडा वितरण गर्दै आयको र यो वर्ष पनि नियमित कार्यक्रम अन्र्तगत गाउंका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको संस्थाका सचिव जनकराज पाठकले जानकारी दिए । संस्थाका संस्थाका उपाध्यक्ष राजेश विसुराल, सचिव जनकराज पाठक, सदस्य दुर्गा विसुराल, अनीता पाठकलगायत विद्यालयमा पुगेर उक्त कपडा हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक वसन्त थापाले रिवाज फाउन्डेसनले शैक्षिक उत्थान कार्य अन्र्तगत विद्यालयका बालवालिकाहरुलाइ न्यानो कपडा वितरण गरेको वताए । सो अवसरमा संस्थाका अध्यक्ष रिवाज विसुरालले आफ्नो संस्था कुनै नाफा मुलक नभइ सेवा मुलक भएको र सहयोग निरन्तर गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

हयोगलाई निरनतरता दिइने उपाध्यक्ष राजेश विसुरालको भनाई छ । उनका अनुसार संस्थाले विभिन्न स्थानमा रहेका विद्यालयहरुमा पाठ्य सामग्री र जाडोमा न्यानो कपडा वितरण गर्दै आएको छ ।












