बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको ढांडेखोलामा पक्कि मोटरेबल पुलको निर्माण सुरु भएको छ । यससंगै सो स्थानका सर्वसाधारणहरु निाकै खुसी भएका छन् ।निर्माणाधिन पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गरे ।


यससंगै नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ जोड्ने ढाडेखोला पक्किपुलको निर्माणले गति लिएको छ । पुलको शिलान्यास गर्दै मुख्यमन्त्रि बानियाले गुणस्तरिय, प्रभावकारी र दीर्घकालीन रुपमा निर्माण गर्न निर्माण पक्षलाई निर्देशन दिए । उक्त पुलको समयभित्रै निर्माण सम्पन्न गरेर जनतालाई सुविधा प्रदान गर्नु सरकारको दायित्व भएको उनले वताए ।

मुख्यमन्त्री बानियाँले पुल निर्माणपछि स्थानीय जनताको आवागमनमा सहजता ल्याउनुका साथै व्यापार–व्यवसाय, शिक्षा र स्वास्थ्य सेवामा पहुँच वृद्धि हुने विश्वास व्यक्त गरे । उनले जनताको पहिलो आवस्यकता वाटोघाटो रहेका कारण यसलाई प्राथमिकतामा राखिएको पनि वताए ।

उक्त पुल बागमती प्रदेश सरकारको कुल ४ करोड ९४ लाख ९६ हजार एकसय ७९ रुपैया लगानीमा निर्माण थालिएको हो । आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

उक्त ढाडेखोला सडक पुल आगामी २०८३ साल पुस २१ गतेभित्र निर्माण सम्पन्न भइसक्नु पर्ने सम्झैतामा उल्लेख गरिएको छ । स्पान संख्या एक रहेको निर्माणाधिन पुलको लम्बाई ३७ दशमलव ९ मिटर र चौडाई ८ दशमलव ४ मिटर रहेको पुर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।

निर्माणाधिन उक्त पुलको प्राविधिक विशेषता गाडी गुड्ने भागको चौडाई ६ मिटर र पैदलयात्री हिड्ने भागको चौडाई १ दशमलव २ मिटर रहेको छ । पक्कि आधुनिक आरसिसि संरचनामा उक्त पुल निर्माण भइरहेको जनाइएको छ ।












