बिदुरः नुवाकोटको लिखुमा सामुदायिक भवन निर्माण गरिएको छ । भवनको निर्माणसंगै स्थानीय सामाजिक गतिविधि गर्न मद्धत पुगेको छ । लिखु गाउँपालिका १ स्थित राम्चेमा नवनिर्मित सामुदायिक भवनको पुर्व संस्कृति तथा नागरिक उड्यनमन्त्रि हितवहादुर तामाङले उद्घाटन गरे ।


कुल ४१ लख रुपैयाको लागतमा डेढ तल्ले तीन कोठे भवनको निर्माण भएको हो । उक्त बौद्ध सामुदायिक भवन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत गत आव २०८१÷०८२ सालको कार्यक्रममा विनियोजन गरेको रकमबाट निर्माण सम्पन्न भएको हो ।

भवनको उद्घाटन गर्दै पुर्वमन्त्री हितबहादुर तामाङले सामुदायिक विकासवाटै स्थानीयवासीमा जागरण थपिएको विस्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, जनप्रतिनिधि, सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।








