बिदुरः नुवाकोटको कोलोनीमा हाटवजार सन्चालन गरिएको छ । उपभोक्ताहरुको सुविधाका लागि कोलोनीमा पहिलो पटक हाटवजार सन्चालन भएको हो ।


विदुर नगरपालिका र लायन्स इन्टरनेसनल डिस्टिक्ट ३२५ जे का साझेदारीमा उक्त हाटवजार सुरु भएको हो । बिदुर नपा ९ बाघटार कोलोनीमा निर्मित उक्त कृषि हाटबजारको विदुर नपाका मेयर राजन श्रेष्ठले शुक्रबार उद्घाटन गरे ।

उनले किसानहरुको उतपादनको वजारीकरण र उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर उक्त केन्द्र सन्चालन गरिएको वताए । यसको सदुपयोग गर्न उनले किसान र उपभोक्ता दुवैलाई आग्रह गरे ।

विदुर नपाको १० लाख र लायन्स इन्टरनेसनल डिस्टिक्ट ३२५ जे नेपालको पाँच लाख रुपैयाको संयुक्त साझेदारीमा उक्त कृषि हाटवजार सन्चालन गरिएको हो । प्रत्येक हप्ताको शुक्रबार विहान सो हाटबजार नियमित संचालन हुने जनाइएको छ ।

किसानहरुले उतपादन गरेका सामग्रीहरु सो कृषि हाटवजारमा उपलवध हुने जनाइएको छ । कार्यक्रममा म्यागङ गापाका अध्यक्ष आशावहादुर तामाङ, विदुर नपाकी उपमेयर प्रभा वोगटी, विभिन्न वडाका वडाध्यक्षहरुले यसलाई सदैव निरनतरता दिएर उपभोक्ता र किसानमुखी वनाइनुपर्नेमा जोड दिए ।














