बिदुरः स्नुकर खेलका पारखीहरुको पहिचानका लागि नुवाकोटको कोलोनीमा जिल्लास्तरिय स्नुकर प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।


सलिन स्नोकरद्वारा आयोजित उक्त प्रतियोगिताको यस वर्षको संस्करण सम्पन्न भएको हो । प्रतियोगितामा विक्रम लामाले उपाधि जिते । उनले नगद २० हजार रुपैयाका साथ ट्रफि र प्रमाणपत्र पाए । अनील लामा उपविजेता भए ।

अनीलले नगद १० हजार रुपैयाका साथ ट्रफि र प्रमाणपत्र पाए । प्रतियेगितामा नुवाकोटका २९ जना स्नुकर पारखी खेलाडिहरुले सहभागिता जनाएका थिए ।

तीन दिनसम्म सन्चालन भएको प्रतियोगिताका विजेता तथा उपविजेतालाई त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामा, आयोजक संस्थाका अध्यक्ष अमरवहादुर तामाङलगायतले पुरस्कार प्रदान गरे । यसअघि उक्त प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले उद्घाटन गरेका थिए ।















