बिदुरः नुवाकोटको वन्चरेडांडास्थित फोहोर विसर्जनस्थलमा पेस्तोल फेला परेको छ । प्रहरीले वरामद गरि अनुसन्धान सुरु गरेको छ ।

ककनी गाउँपालिका २ ओखरपौवास्थित वन्चरेडांडामा फोहोरमा चाखइजिन पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बन्चरेडाँडा स्थित ल्याण्डफिल्ड साइडको फोहोरमा बेवारिसे अवस्थामा ठुलो चाईनिज पेस्तोल (५५००९७३३प्रकार ५४) को चाइनिज पेस्तान एक थान फेला परेको प्रहरी निरीक्षक वीरवहादुर वुढाऐरले जानकारी दिए ।

उनका अनुसार ककनी गापाको ओखरपौवास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइडको फोहोरमा एक थान बेवारिसे अवस्थामा पेस्तोल फेला परेको जानकारी पाएपछि प्रहरी अधिकृतसहितको टोली परिचालन भएको थियो । वेवारिसे पेस्तोलको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।





