बिदुरः रगत आवस्यक पर्ने बिरामीहरुको सहजताका लागि नुवाकोटको बट्टारमा वृहत रक्तदान गरिएको छ । कार्यक्रममा रक्तदानको महत्व र यसको सकारात्मक प्रभावका सम्वन्धमा अन्र्तक्रिया तथा परामर्शसहेत गरिएको छ ।


सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ नुवाकोट क्यापिटल र बट्टार ब्रदर्स ग्रुपको संयुक्त आयोजनामा बट्टार बजारमा सम्पन्न रक्तदान कार्यक्रममा विभन्न समुदायका ४५ जना व्यक्तिले रक्तदान गरेका छन । सर्वसाधारण, कर्मचारी, स्वास्थ्यकर्मीसहित ४५ जनाले रक्तदान गरेको आयोजक बट्टार ब्रदर्स ग्रुपका अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

बट्टार ब्रदर्स ग्रुपको ११ औं वार्षिकोत्सबको अवसरमा गरिएको रक्तदान कार्यक्रममा रेडक्रमस नुवाकोटको रक्तसन्चार टोलीले प्राविधिक सहयोग गरेको थियो । नुवाकोटमा बिरामीहरुका लागि रगतको अभाव हुन नदिन रक्तदान गरिएको हो ।











