बिदुरः पशुपतिनाथको पर्यायको रुपमा पुजिदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा चारसय ५० जना भन्दा वढिको स्वास्थ्य परिक्षण गरिएको छ ।


दुप्चेश्वर गाउंपालिका ६ करेजुङको पहरामा रहेको दुप्चेश्वर मन्दिरमा लागेको मेलामा सेना, त्रिशूली अस्पताल नुवाकोटसहितका स्वास्थ्यकर्मीले स्वास्थ्य शिविर गरेका थिए । दुप्चेश्वर क्षेत्र विकास कोषको समन्वयमा प्रसिद्ध दुप्चेश्वर मन्दिर धामम परिसरमा आयोजित तीन दिने स्वास्थ्य शिविरमा चारसय जना भन्दा बढिले निःशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका हुन् ।

धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर मन्दिरमा लागेको मेलामा स्वास्थय सुरक्षालाई मध्यनजर राख्दै नेपाली सेनाको शेर गणले नं.६ फिल्ड एम्बुलेन्स गुल्म, नं.१ सैन्य तालिम केन्द्र तथा स्थानीय स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा नुवाकोटको दुप्चेश्वर गापा–६ स्थित दुप्चेश्वर महादेव मन्दिर धाम परिसरमा भक्तजन तथा सर्वसाधारणलाई लक्ष्यित गरी सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५० जना भन्दा बढी लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले मेला अवधिभर गरेको शिविरप्रति स्थानीय तथा भक्तजनहरुले खुलेर प्रशंसा गरेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले जानकरी दिएका छन् । नेपाली सेनाले आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई मेला पर्वहरुमा सहकार्य गर्दै आएको छ ।












