बिदुरः नेपाल मगर संघ नुवाकोटको आठौं अधिवेसन समपन्न भएको छ । बट्टारवजारमा सम्पन्न अधिवेसनले नयां नेतृत्व चयन गरेको छ । अधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि रामकुमार थापामगरको अध्यक्षतामा १५ सदस्यीय नेपाल मगर संघ नुवाकोटको कार्य समिति निर्विरोध चयन गरेको छ ।


अधिवेसनले उपाध्यक्षमा जीवन आलेमगर र भीमसेन थापामगर, महिला उपाध्यक्षमा मौसमी मगर, सचिवमा सागर थापामगर, सहसचिवमा जीतेन्द्र पुलामीमगर, विश्वराज जर्घामगर, रजनी थापामगरका साथै कोषाध्यक्षमा कुलवहादुर थापामगरलाई चयन गरेको छ । सदस्यहरुमा मीना मगर, वेनिजिर रानामगर, तुलसीमाया रानामगर, सुनील थापामगर, सुमन आलेमगर र विकास पुलामीमगरलाई चयन गरेको छ ।

अधिवेसनले प्रदेश अधिवेसन प्रतिनिधिमा विकास पुलामीमगर, रोजिना सिंजालीमगर र भीमसेन थापामगरलाई चयन गरेको छ । अधिवेसनले केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुमा बच्चुमाया सुनारीमगर, जीवन आलेमगर, पार्वती थापामगर र प्रेमवहादुर थापामगरलाई चयन गरेको छ ।

यसअघि उक्त अधिवेसनको नेपाल मगर संघ केंद्रीय उपाध्यक्ष रक्षा रैकामगरले उद्घाटन गरेकी हुन् । अधिवेसनमा मगर संघकी उपमहासचिव तथा बागमती प्रदेशको सहनिरीक्षक एकु थापामगर, मगर संघ नुवाकोट धादिङ इन्चार्ज भगवान रानामगर र बागमती प्रदेश उपाध्यक्ष खेम जर्घामगरलगायतले मगर संघको हक हितका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।










