बिदुरः गाउंमा शिक्षा र सामाजिक सेवाका लागि नुवाकोटको खोलेगाउंमा भवन निर्माण सुरु गरिएको छ । भुकम्प प्रतिरोधी पक्कि निर्माण गरिने भवनको कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।


शिवपुरी गाउँपालिका ६ खोलेगाउंमा देवीबहादुर थापा स्मृति प्रतिष्ठानको भवन निर्माण सुरु गरिएको हो । दुई रोपनी जग्गामा ७३ लाख रुपैयाको लागतमा पक्कि भविन निर्माण गरिने प्रतिण्ठानका सभापति रामकृष्ण बस्नेतले जानकारी दिए ।

निर्माणाधिन भवनको कार्यक्रमका प्रमुख अतिथि शिक्षाप्रेमी तथा कप्तान देवीबहादुर थापाकक नाती रामहरि थापाले शिलान्यास गरे । उनले भवन निर्माणपछि विविध सामाजिक गतिविधिलाई अगाडि वढाइने वताए ।

सोही कार्यक्रममा संस्थाका कोषाध्यक्ष दामोदर थापाले प्रतिष्ठानको आयव्यय विवरण पेस गरेकोमा भेलाले पारित गरेको छ । कप्तान देवीबहादुर थापा स्मृति प्रतिष्ठानको भवन निर्माण शिलान्यास कार्यक्रममा प्रतिष्ठानका सचिव वजिरमान वुढाथोकी, धिरेन्द्र थापा, मंगलमाया थापा, गोविन्दनरसिंह केसी, सुधा थापा, राजेन्द्र बस्नेत, हरि अधिकारीलगायतले प्रतिष्ठानलाई शसक्त बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रतिष्ठानका सदस्य राजकुमार पण्डितले जानकारी दिए ।












