बिदुरः स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिदै नुवाकोटको बिदुरमा उद्यमीहरुले उतपादन गरेका सामग्रीहरुको प्रदर्शनी गरिएको छ । दुई दिनसम्म गरिएको प्रदर्शनीमा स्थानीय तथा अर्गानिक उत्पादनमा सर्वसाधारणको आकर्षण रहेको थियो ।


११ औं उद्योग दिवसको अवसरमा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जिल्लाभित्रका उद्यमीहरुले उतपादन गरेका सामग्रीहरुको प्रदर्शन गरेको हो । कार्यालय परिसरमो दुई दिन सन्चालित उद्यम प्रदर्शनीमा ५० जना उद्यमीहरुले आआफेना सामग्रीहरु प्रदर्शनी तथा विक्रीका लागि राखेका थिए ।

कार्यालयले उद्यमीहरुलाई स्टल उपलव्ध गराएको थियो । उद्यमीहरुले उत्पादन गरेको कृषि उपज, ढाकाजन्य सामग्री, अचार, हस्तकला, कृषि औजार लगायतका सामग्रीहरु प्रदर्शनी तथा बिक्रीमा राखिएको कार्यालय प्रमुख सीताराम घिमिरेले वताए ।

प्रदर्शनीमा उद्यमीहरुको उत्साह पाइएको र सर्वसाधारणहरु अर्गानिक उत्पादनमा आकर्षित भएका थिए । कृषि, हाते औजार, हस्तकला, किवी, सुन्तला, स्ट्रेवरी, कुभिण्डो, अमारो, अचार, मह, ढाकाका सामग्रीहरुमा सर्वसाधारणले आकर्षण देखाएको कार्यालयकी सूचना अधिकारी मेखामाया गुरुङतामाङले जानकारी दिइन् ।

उता, नुवाकोटका दुई जना उद्यमीलाई वागमति प्रदेश सरकारले पुरस्कारसहित सममानित गरेको छ । नुवाकोटको म्यागङ गाउंपालिका ३ का चिया कृषि फर्मका सन्चालक सेल्कर तामाङ सर्वोत्कृष्ट उद्यमी सम्मानित भएका हुन् ।

साथै, नुवाकोटकै ककनी गापा २ का नमुन्चेत कृषि फार्मका सञ्चालक छेसाङ तामाङ ‘उत्कृष्ट नवउद्यमी सम्मान’ पाएका छन् । उनीहरुसहित वागमति प्रदेश सरकारले प्रदेशभित्रका १४ जना उत्कृष्ट नवउद्यमीलाई संम्मानसहित पुरस्कृत गरेको हो ।

११ औँ उद्योग दिवसका अवसरमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेश भित्र विभिन्न उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो । मन्त्रालयले प्रदेशभित्र उद्यम सञ्चालन गरी प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्यमीमध्येबाट छनोट गरी उद्योग दिवसका अवसरमा उत्कृष्ट उद्यमीलाई सम्मान गर्दै आएको छ ।

छनोटमा परेका सर्वोत्कृष्ट उद्यमीलाई नगद एक लाख रुपैयाँ र अन्य १३ जना उत्कृष्ट उद्यमीलाई ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको मन्त्रालयका उद्योग वाणिज्य महाशाखाले जनाएको छ । यस सम्मान तथा पुरस्कारबाट उद्यमीहरुलाई हौसला मिलेको जनाइएको छ ।















