बिदुरः त्रिदेशिय मार्ग अन्र्तगत गल्छी–देवीघाट–ढुंगे सडकखण्डमा मोटरसाइलले ठककर दिदां एक वृद्धको ज्यान गएको छ । प्रहरीले मोटरसाइलसहित दुई जना सैनिकलाई नियन्त्रणमा लिएको छ ।


वीरगन्ज–गल्छी–देवीघाट–ढुंगे–रसुवागढी सडकमार्गको वीचमा रहेको नुवाकोटको देवीघाट– बट्टार सडकखण्डमा मंगलवार वेलुकी गल्छीबाट बट्टारतर्फ जांदै गरेको ग१८प ६३७० नम्वरको मोटरसाइकलले बिदुर नगरपालिका ५ पिपलटारमा ठक्कर दिदा सोही स्थानका ८० वर्षिय लीलानाथ कोइरालाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । वृद्धको स्थानीयवासीले उद्धार गरि त्रिशूली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए ।

उनका अनुसार मोटरसाईकल चालक लमजुङ सुन्दरवजार नपा ५ का २६ वर्षिय जीवन तामाङ र पछाडि वसेका सोही स्थानका ३१ वर्षिय विष्णु थापा घाइते भएका छन् । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले वताए ।
घटनालगत्तै स्थानीयवासी आक्रोशित भएका छन् । मोटरसाइकल चालक र पछाडि सवार दुवै जना नेपाली सेना भएको प्रहरीले जनाएको छ भने दुवै जना नुवाकोटको वट्टारको शेर गणमा नायक पदमा कार्यरत रहेको प्रहरी निरीक्षक हरिवोल केसीको भनाई छ ।






