बिदुरः सांढे चार महिनादेखि अवरुद्ध रसुवागढी नाका सन्चालनको माग गर्दै जेन्जी पुस्ताले सरकारको ध्यानाकर्षण गराएको छ । त्रिदेशयि मार्गअन्र्तगत नेपाल–चीन प्रवेशको छोटो दुरीको रसुवागढी नाका मर्मत गरि सुचारु गर्नु पर्नेलगायत ६ वुंदे माग राख्दै जेन्जी रसुवा आन्दोलित भएको छ ।

ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई भेट गरि गत असार २४ गतेको वाढीले वगाएको रसुवागढी नाका सन्चालन गरिनुपर्नेलगायत जेन्जी रसुवाको तर्फबाट ६ बुँदे मागपत्र बुझाएका हुन् । उनीहरुले सन्चालनमा रहेका जलविदुत आयोजनावाट १० प्रतिशत शेयर स्थानीयवासीलाई अनीवार्य दिइनुपर्ने, हालसम्म सालासुङगी जलविद्युत आयोजनालदे शेयर निष्काशन नगरेको जनाउंदै तत्काल शेयर वितरण गरिनुपर्नेलगायत माग गरेका हुन् ।

उनीहरुले सीएसआर कार्यक्रममार्फत स्थानीयवासीलाई निःशुल्क या कम लागतमा विद्यत प्रयोग गर्न दिइनुपर्ने, रसुवागढी नाकामा वाहिरी जिल्लाका नागरिकलाई वन डे पास दिन नहुने, पुर्वाधार विकास कार्यालय नुवाकोटमार्फत रोगा–गोल्जुङ–सोमदाङ सडक निर्माणका लागि प्रदान गरिएको १३ करोडको टेण्डरको काम हालसम्म सुरु नभएकोमा निर्माण नगर्ने कम्पनीलाई कारवाही र निर्माण प्रक्रिया तत्काल सुरु गरिनुपर्ने र आमाछोदिङ्मो १ हाकुवेसी र २ ग्रे जाने वाटो, चिलिमे–तिम्वुसिङ, गोसाइकुण्ड गापा–रोगा पुल, कालिका गापा धोविखोला पुल तथा घट्टेखोला पुल र केरुङ नाका पुल ततकाल निर्माण गरिनु पर्ने नेन्जीले माग गर्दै लिखित रुपामा पेस गरेको छ ।
जेन्जी अध्यक्ष दावा लामाको नेतृत्वमा रहेको जेन्जी रसुवा टोलीले ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई भेट गरी उक्त ६ बुँदे मागपत्र बुझाएको हो । उक्त मागलाई सम्बोधन गर्न मन्त्री घिसिङबाट माग र आवस्यकता अनुसार कार्य गर्ने सकारात्मक प्रतिक्रिया आएको जेन्जी रसुवाले जनाएको छ ।






