बिदुरः देशमा राजनीतिक निकासका लागि संयुक्त सरकार गठन हुनुपर्ने माग गर्दै नुवाकोटको विदुरमा प्रदर्शन भएको छ । राष्ट्रिय राजनीतिक सम्मेलन गरि स्वाधिन संयुक्त सरकार गठन गरिनु पर्ने माग गर्दै जुशुश तथा प्रदर्शन भएको हो ।


क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आइतवार देशमा साम्राज्यवाद, यथास्थितिवाद र प्रतिगमन भएको जनाउंदै त्यसको विरोध स्वरुप नुवाकोटको विदुरमा जनप्रदर्शन गरेको हो । परिवर्तनका नाममा देशमा भ्रष्टाचार, कुशासन, ठगि, महंगी, कालोवजारी,मानव तस्करी, अनीयमितता, घुसखोरी, हत्या वढेको जनाउंदै अव देशमा सर्वपक्षिय सरकार आवस्यक रहेको जनाउंदै जनसभा गरेको हो ।

देशका सवै क्षेत्रमा प्रभाव परिरहेको अवस्थामा राजनीतिलाई नयं उचाइमा पु¥याउन सर्वपक्षिय सरकारको विकल्प नभएको उक्त कार्यक्रमका वक्ताहरुले वताए । जनसभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य सरोजले जतिसुकै परिवर्तनको रटान गरेपनि नेपाली जनता लामो समयदेखि अभाव, महंगी, पीडा, मलखादलगायतको समस्यामा फसिरहेको वताए । उनले संयुक्त सर्वपक्षिय भेला गरेर नयां सरकार गठन गरेर समस्या समाधान हुने दावी गरे ।

सोही कार्यक्रममा उक्त पार्टीका नेता शम्भु कट्टेल, किसान महासंघका नेता, हरि खतिवडा, पार्टीका केन्द्रीय सदस्य अमृत अधिकारी, वद्री चापागाई, किसान संघका जिल्ला अध्यक्ष ढुण्डीराज न्यौपाने, सल्लाहकार शेरवहादुर तामाङलगायतले देशमा यथास्थितिवादको अन्त्य हुन आवस्यक रहेको वताए । देशमा परिवर्तनका लागि सर्वपक्षिय भेला गरेर संविधान संशोधन गरेर जनताका लागि संयुक्त सरकार वनाउनु पर्ने उनीहरुले् वताए ।






