बिदुरः नुवाकोटको पर्यटकिय भेग पन्चकन्यामा सांस्कृतिक केन्द्र र लिखुमा शहिद स्मृति भवनको निर्माण गरिएको छ । नवनिर्मित दुवै संरचनाहरुको उद्घाटन गरिएको छ ।


पञ्चकन्या गाउँपालिका–३ घलेगाउँस्थित नवनिर्मित घलेगाउँ सांस्कृतिक भवनको आइतवार पुर्व प्रधानमन्त्रि तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । वाजागाजासहितको कार्यक्रममा संयोजक प्रचण्डले उक्त भवनको उद्घाटन गर्दै स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षणमा उक्त केन्द्रले सहयोग पुग्ने वताए ।

आकर्षक रुपमा निर्मित उक्त भवन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको कुल ६३ लाख रुपैयामा निर्माण गरिएको हो । उक्त अवसरमा विभिन्न गीत, संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रचण्डले आइतवारै लिखु गाउँपालिका–५ थानसिङमा नवनिर्मित सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गरेका छन् । उक्त स्थानमा तत्कालीन माओवादी जनयुद्धकालीन समयका ११ जना शहिदको शालिकसहितको पार्क निर्माण गरिएको छ ।

प्रचण्डले शहिद परिवारलाई सम्मानितसमेत गरेका छन् । नवनिर्मित उक्त संरचनाको निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको कुल ९० लाख रुपैयाको लागतमा निर्माण गरिएको हो ।

यससंगै संयोजक प्रचण्डले नुवाकोटको पन्चकन्याको घलेगाउं, लिखुको थानसिङ, र शिवपुरी गाउँपालिकाको समुन्द्रादेवीमा जनप्रतिनिधि, स्थानीय नेता कार्यकर्तासंग भेटघाट तथा अन्र्तक्रिया गरेका थिए । कार्यक्रममा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रि हितवहादुर तामाङ, संविधान सभा सदस्य विमला सुवेदी, पुर्व सांसद राजेन्द्रप्रकाश लोहनी, वागमति प्रदेश सभा सदस्य राधिका तामाङ, रामप्रसाद ढुंगाना, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशलगायतले विभिन्न संरचनाहरुको निर्माणवाट आन्तरिक तथा वाह्य पर्यटनमा जोड दिइनुपर्नेमा जोड दिए ।













