बिदुरः सामाजिक संस्कारमासमेत स्थानीय सरकार जनतासंगै रहेको देखाउन नुवाकोटको एक वडाले अभियान सन्चालन गरेको छ । जन्म र मृत्यु संस्कारमा सहभागिता जनाउंदै वडाले सामाजिक सहयोग अभियान गर्दै आइरहको छ ।

विदुर नगरपालिका ५ ले जन्म र मृत्यु दर्ता ३५ दिनभित्र गरेमा जन्म र मृत्यु संस्कारमा परिवारलाई काजकिरिया वापत तत्काल नगद ५ हजार रुपैयाँ दिने गरेको छ । वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार गत वर्षदेखि सुरु गरिएको उक्त अभियानमा २५ जना मृतक र ५० जना नवजात शिशुका परिवार आवद्ध भएका छन् ।

चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म ६ जनाले उक्त रकम पाएका छन् । यसवाट सामजिक रुपमा स्थानीय तह अर्थात् वडाले सुख, दुःख दुवै कार्यमा संगै रहेको अनुभुति गराएको वडा सचिव शिवहरि गजुरेलको भनाई छ ।





