बिदुरः आंखाको स्याहारमा जोड दिदै नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीको एक विद्यालयमा विद्यार्थीहरुको आंखा परिक्षण गरिएको छ । विद्यार्थीहरुले आंखाको स्याहार गनुृपर्ने पर्ने विषयमा जानकारी हासिल गरेका छन् ।


शिवपुरी गाउंपालिका –३ मा रहेको महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरुको आँखा परिक्षण शिविर गरिएको हो । शिवपुरी गापा ग्रामीण आँखा केन्द्रको आयोजनामा सन्चालित शिविरमा दृष्टि परीक्षण, चश्मा जाँच तथा परामर्शसहितको विद्यार्थी आंखा स्वास्थ्य कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा दुईसय जना विद्यार्थीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ । जसमध्ये १८ जनामा दृष्टिदोष देखिएको र उनीहरूलाई निःशुल्क चश्मा सिफारिस गरिएको ग्रामीण आँखा केन्द्रले जनाएको छ ।









