बिदुरः यस वर्ष नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मेलाको तयारी सुरु भएको छ । जसअन्र्तगत आन्तरिक तथा भौतिक व्यवस्थापनसमेत सुरु गरिएको छ ।

दोस्रो पशुपतिनाथको पर्यायका रुपमा रहेको दुप्चेश्वरमा प्रत्येक वर्षको धान्य पुर्णिमाको दिन विशेष लाग्ने गरेको छ । साताव्यापी रुपमा लाग्ने उक्त मेलाको आवस्यक तयारी सुरु गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

उक्त मेला यहि मंसिर १६ र १७ गते विशेष रुपमा लाग्ने समितिका अध्यक्ष तथा दुप्चेश्वर गाउंपालिकाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । मेलाको तयारीका सम्वन्धमा दुप्चेश्वर मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि कोषले साताव्यापी लाग्ने उक्त मेलाको तयारी सुरु गरिएको जनाएको छ ।
उक्त मेला यहि मंसिर १३ गतेदेखि साताव्यापी रुपमा लाग्ने कोषले जनाएको छ । मेलाका लागि आवस्यक विभिन्न ११ वटा उपसमितिहरु गठन गरिसकिएको कोषका अध्यक्ष थापाको भनाई छ ।

कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा भेटि व्यवस्थापन उपसमिति, वुद्धिमान तामाङको संयोजकत्वमा वजार व्यवस्थापन, ध्रुवकर केसीको संयोजकत्वमा जुत्ताचप्पल व्यवस्थापन, वीरवल तामाङको संयोजकत्वमा स्वंसेवक तथा सुरक्षा व्यवस्थापन, माकुरी तामाङको संयोजकत्वमा मेष व्यवस्थापन, श्याम तामाङको संयोजकत्वमा खानेपानी व्यवस्थापन उपसमिति गठन भई आवस्यक कार्य सुरु भइसकेको दुप्चेश्वर गापा उपाध्यक्ष माकुरी तामाङको भनाई छ ।
उनका अनुसार राजकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, अनन्त धितालको संयोजकत्वमा वत्ति मर्मत तथा व्यवस्थापन, रामकुमार थापाको संयोजकत्वमा स्वास्थ्य उपसमिति, रामेश्वर धितालको संयोजकत्वमा आरती तथा भजन व्यवस्थापन उपसमिति र श्याम तामाङको संयोजकत्वमा फोहोर तथा शौचालय वयवस्थापन उपसमिति गठन भई कार्य सुरु भइसकेको मेला व्यवस्थापन मुल समितिले जनाएको छ ।

यसका साथै मेलामा जान मन्दिर परिसरसम्मा नै मोटरवाटो पुगेकाले यसको पनि छुट्टै वयवस्थापन गर्ने कोषले निर्णय गरेको छ । गाडी तथा मोटरसाइकलको चापलाई व्यवस्थापन गर्न पार्किङ तथा जुत्ता चप्पल व्यवस्थापन शुल्क संकलन गर्ने कोषले निर्णय गरेको छ ।
पार्किङ गरेवापत बस ठुलोको तीनसय, मझौलाको दुई सय ५०, कार ट्याक्सीको दुई सय रुपैया पार्किङ शुल्क लिने निर्णय गरिएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मोटरसाइकल पार्किङको विहान ६ देखि दिउंसो ३ वजेसम्मको ५० रुपैया र रात्रीकालीन समय दिउंसो ३ देखि भोलीपल्ट विहान ६ वजेसम्मको एकसय रुपैया शुल्क लिने निर्णय कोषले गरेको छ ।

यसका साथै यात्रुहरुको एकजोर जुत्ता व्यवस्थापनको २० र एकजोर चप्पलको १० रुपैया शुल्क लिने निर्णय भएको छ । मेलाको तयारी स्वरुप मन्दिर परिसरमा विभिन्न विकास निर्माणसमेत भइरहेको छ ।
जग्गा सम्याउनुका साथै विभिन्न आकर्षक संरचनाहरुको धमाधम निर्माण भइरहेको छ । देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको आगमनसमेत दैनिक रुपमा वढिरहेको छ ।

दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै वढिरहेका छन् । नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा धान्य पुर्णिमाको अवसरमा हजारौं भक्तजनहरुले आउने अपेक्षा गरिएको छ ।
प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ । दुप्चेश्वर धाममा पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ ।

हाल हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैया भेटी चढाउंदै आएका छन् । उक्त स्थानमा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ ।
हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत तीर्थालु आउने गरेका छन् ।

दुप्चेश्वर विकास कोषका कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिति वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए । दुप्चेश्वर धाममा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरु मध्ये अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रुपमा विशेष बैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।
प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुकोसमेत आगमन भइरहेको छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको स्थानीयवासी तथा पुजा आरती समितिका सदस्य रमेशप्रसाद आचार्यको भनाई छ ।

पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको पुजारी भगवानहरि धितालको भनाई छ । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् ।
सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर रहेको छ ।

दुप्चेश्वर धाममा दर्शन गर्ने भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा भक्तजनहरु धेरै जना पुगिरहेका छन् ।
प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् । दुप्चेश्वरमा आएकाहरुलाई पुजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमा सम्पर्क गरी वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणकोे व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको थियो ।

उक्त व्यवस्थामार्फत सबै वर्ग र कमजोर शारिरीक अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन् भन्ने उद्धेश्य रहेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ । दुप्चेश्वर धाम जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकलमासमेत पुग्ने गरेका छन् ।
हिन्दु र वौद्धमार्गीहरु दुप्चेश्वर धाम पुग्दै आएका छन् । पछिल्लो समय काठमाडौसहित नुवाकोट, रसुवा, धादिङ, काभ्रे, चितवनसहित अन्य स्थानबाट सहज रुपमा सवारीसाधनमा मन्दिरसम्म नै जान पाईने भएकाले दर्शनार्थी बढिरहेका हुन् ।

दुप्चेश्वर मेला तयारीका सम्वन्धमा आयोजित पत्रकार सम्मेलनमा दुप्चेश्वर गापा उपाध्यक्ष माकुरी तामाङ, दुप्चेश्वर ७ अर्थात शिखरवेसी गाविसका पुर्व अध्यक्ष राजकुमार पण्डित, दुप्चेश्वर ६ का वडाध्यक्ष किशोर आचार्य, ७ का वुद्धिमान तामाङ, ४ का ज्ञानवहादुर तामाङ, नेपाली कम्युनिष्ट पार्टीका वागमति सदस्य लालवहादुर तामाङ, सोही दलको दुप्चेश्वर अध्यक्ष कमल खतिवडा, एमाले दुप्चेश्वर उपाध्यक्ष राजन वुढाथोकी, दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ, दुप्चेश्वर आरती व्यवस्थापन समितिका संयोजक रामेश्वर धिताललगायत विभिन्न दलका प्रतिनिधि, सरोकारवाला तथा सर्वसाधारणले दुप्चेश्वरलाई नेपालको मात्र नभई दक्षिण एशियाकै मुख्य तीर्थस्थलको रुपमा विस्तार गरिनु पर्ने वताए ।






