बिदुरः बिद्यार्थीको आवतजावतको सुविधाका लागि नुवाकोटको वेत्रावतिस्थित एक विद्यालयमा जापानिज बस प्रापत भएको छ । विदुर नगरपालिका १० वेत्रावतीस्थित रामचन्द्र आविलाई जापानको करियर नेभिगेटी जापानिज कम्पनीले नयाँ स्कुल बस हस्तान्तरण गरेको हो ।


बस प्राप्त भएपछि विद्यालयका विद्यार्थीलाई आवतजावतमा सुविधा भएको जनाउंदै विद्यालय तथा अभिभावकहरू खुसी भएका छन् । स्कुल बस पाएपछि अध्ययनरत विद्यार्थीहरू पनि अत्यन्तै खुसी भएका छन् ।

विद्यालय आवतजावत गर्नको लागी बस प्राप्त हुदाँ उनीहरु आफैले पाएको उपहार जस्तै उमङ्गले निकै खुसी भएका छन् । वर्षौँदेखि विद्यालय आवागमनका लागि नियमित र सुरक्षित यातायात सुविधाको अभाव झेलिरहेका विद्यार्थीहरूका लागि स्कुल बस सञ्चालनमा आएपछि विद्यार्थीको विद्यालय आउजाउ सहज र सुरक्षित भएको विद्यालयले जनाएको छ ।

गत २०१६ सालमा स्थापना भएको रामचन्द्र आवि वेत्रावतीमा नुवाकोट र रसुवाका विद्यार्थीको साझा शैक्षिक केन्द्रका रूपमा रहेको छ । स्कुल बस हस्तान्तरणसँगै विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र प्रभावकारी रहने विश्वास विद्यालयका पदाधिकारी तथा स्थानीय समुदायले व्यक्त गर्नुका साथै विद्यालयले शिक्षा क्षेत्रलाई अझ सबल र व्यवस्थापकीय रूपमा सक्षम बनाउन सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेकोे जनाएको छ ।






