बिदुरः सरकारले माग पुरा नगरेको जनाउंदै नुवाकोटको वन्चरेडांडामा फोहोर विर्सनमा अवरोध भएकोमा दुई दिनमा सहमति भएको छ । सरकार, स्थानीयवासी तथा जनप्रतिनिधिवीच विहीवार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


सरकारले पटक÷पटक स्थानीयवासीको मागप्रति आस्वासन दिएपनि सहमति नगरेको जनाउंदै स्थानीयवासीले वुधवारदेखि वन्चरेडांडामा फोहोर विसर्जनमा अवरोध पु¥याएका थिए । लगातारको प्रयासपछि वन्चरेडाडां ल्याण्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीय र सरकारबीच सहमति भएको हो ।

मन्त्रालयमा दुई पक्षबीच ११ बुँदे सहमति भएको हो । सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरूले वन्चरेडांडामा फोहोर विसर्जन गर्न दिन तयार भएका छन् ।

सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका छन् । आफूहसँग भएको प्रतिवद्धता अनुसार सरकारले काम नगरेको भन्दै बुधबारदेखि फोहोर विसर्जनमा स्थानीयले गरेको अवरोध सहमतिमा टुंगिएको छ ।

सरकार र बन्चरेडाँडाबासीबीच सहरी विकास मन्त्रालयमा भएको छलफलबाट ११बुँदे सहमति जुटेसँगै फोहोर ढुवानीको अवरोध हटेको हो । वन्चरेडांडामा दैनिक तीनसय ट्रक फोहोर विसर्जन हुदै आएको छ ।
सहमतिमा स्थानीयलाई विगतमा चलाइएका मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, महानगरले दुई पालिकालाई दिँदै आएको ३÷३ करोड रकमलाई वृद्धि गरी ६/६ करोड पु¥याउन तथा आगामी आवमा बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न काठमाडौं महानगरलाई अनुरोध गर्ने सहमति भएको छ । यस्तै तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माण कार्यलाई चालू आवमा बहुवर्षीय गर्न आवश्यक प्रक्रिया अघि बढाउनेलगायतका विषय समावेश छन् ।

काठमाडौ उपत्यकाको फोहोरका कारण नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका तथा धादिडको धुनीवेशी नगरपालिकाका बासिन्दा प्रभावित हुँदै आएका छन् । उनीहरुले शिक्षा, स्वास्थय, रोजगारी तथा दीर्घकालीन विकासका कार्यहरु सरकारले प्रभावकारी रुपमा गर्न नसकेको गुनासो गर्दै आएका छन् ।





