बिदुरः नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङको जंगलमा एक युवकको शव फेला परेको छ । प्रहरीले शव पहिचानमा समस्या भएको जनाएको छ ।


सदरमुकाम विदुरदेखि २७ किलोमिटर पश्चिममा रहेको म्यागङ गाउँपालिका २ नाकेकुवास्थित जंगलभित्र गोरेटो बाटोमा करिव ४० वर्षीय पुरुषको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाका्टले जनाएको छ । स्थानीयवासीले गोरेटो वाटोमा शव सडेगलेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले नामथर, वतन नखुलेको पुरुषको वेवारिशे शव भेटिएको कारण सननखतका लागि आमसर्वसाधारणमा अपिल गरेको छ । शवको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर लाशजाँच प्रकृति मुचुल्का गरि शव पोष्टमार्टमको लागि त्रिशूली अस्पताल नुवाकोटको शव गृहमा राखेको छ ।
मृतकको नामथर, वतन हालसम्म सनाखत हुन नसकेको, ६ फिट उचाई, उमेर करिव ४० बर्षको जस्तो देखिने, मझौला शरिर, शरिरको माथिल्लो भागमा सेतो रंगको टिसर्ट तल्लो भागमा कालो रंगको ट्रयाक लगाएको पुरुषको पहिचानका लागि सार्वजनिक अनुरोध गरिएको प्रहरी नायव उपरिक्षक बिक्रम लामाले वताए । कहि कोही पुरुष हराएको वा वेपत्ता भएको जानकारी दिनसमेत नुवाकोट प्रहरीले अनुरोध गरेको छ ।





