बिदुरः नुवाकोटको छहरेमा दोश्रो लिखु छहरे महोत्सव–२०८२ सुरु भएको छ । महोत्सवले पर्यटन प्रवद्र्धन र कलासंस्कृतिको जगेर्ना गर्ने उद्धेश्य राखेको छ ।


लिखु गाउंपालिका ६ छहरेमा सन्चालित महोत्सवको वुधवार लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठले उद्घाटन गरे । उनले मौलिक कला, संस्कृति र भाका स्थानीय पहिचान भएका कारण पहिचानलाई सदैव संरक्षण गर्नु पर्ने वताए ।

अध्यक्ष श्रेष्ठले महोत्सवले स्थानीय उत्पादनको वजारीकरण गर्नुका साथै संस्कृति, भाका र परम्पराको जगेर्ना गर्न महोत्सव सहायकसिद्ध हुने वताए । उने महोत्सवलाई स्थानीयवासीको साथ र सहयोगवाटै सफल वनाइनेसमेत वताए ।

नेपाली मौलिक लोकसंस्कृतिको छुट्टै पहिचान लोकगीत, संगीतको संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ लिखु गापाको प्रमुख संरक्षणमा महोत्सव सुरु भएको हो । राष्ट्रिय लोक सांस्कृतिक महासंघ नेपालको आयोजनामा सन्चालित उक्त महोत्सवमा गीत, संगीत, नृत्य, प्रहसन, नया. प्रतिभाको पहिचान, स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, खेल मेला, वाल उद्यानलगायतका मनोरन्जन समावेश गरिएका छन् ।

यहि मंसिर १४ गतेसम्म हुने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय उत्पादन प्रदर्शन र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रदर्शन हुने आयोजकले जनाएको छ । सहभागी विभिन्न व्यक्तिहरुले महोत्सवले स्थानीय पहिचान तथा प्रतिभाको उजागर गर्न सफलताको कामना गरेका थिए ।










