बिदुरःनुवाकोटको तुप्चेका एक युवकले आफ्नो जन्मदिन वृद्धाश्रममा पुगेर मनाएका छन् । उनले वृद्धवृद्धाका लागि खाद्यान्न तथा वालवालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरे ।


विदुर नगरपालिका ७ तुप्चेका आशिष रिजालले आफ्नो २९औँ जन्मदिनलाई प्रभावकारी बनाउने उद्देश्यले वुधवार देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर त्यहां आश्रित वृद्ध बाआमाहरुको भोजनका लागि खाद्यान्न प्रदान गरे । उनले ३० किलोग्राम तौलको चामल एक वोरा, विस्कुट एक वाक्सा, एक वाक्सा चाउचाउ, पेय पदार्थ ४० पोका, दुई/दुई केजी दाल, चना, केराउ, वोडी, प्याज, आलु, नूनलगायतका सामग्री हस्तान्तरण गरे ।

रिजालले नुवाकोटस्थित देवीघाटको बृद्धाश्रममा आश्रित ३८ जना बृद्ध/बृद्धाका लागि खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । यसवाट वृद्ध बाआमाहरुको खाद्यान्न व्यवस्थापनका लागि सहज भएको छ । रिजालले विदुर नपा २ शिवालयटोलस्थित आमाको माया छात्रवासमा रहेका २२ जना विद्यार्थीहरुलाई १२ दर्जन कापी, १३ प्याकेट कलम लगायतका शैक्षिक सामग्री प्रदान गर्दै बालबालिकाको शैक्षिक यात्रामा सहयोग पु¥याए ।

आफ्नो जन्मदिनलाई उत्सव मात्र नभई सेवाको अवसरको रूपमा उपयोग गर्दै उनले आकस्मिक रक्तदानका साथै बृद्ध बाआमा तथा बाल आश्रममा आवश्यक सामग्री प्रदान गरेका हुन् । आफ्नो जन्मदिनको अवसरमा रिजालले आकस्मिक रक्तदान गरी ज्यान बचाउन सक्ने अभियानमा आफ्नो योगदान व्यक्त गरे । विभिन्न सामाजिक तथा मानवतावादी कायलाई आफुले निरन्तरता दिने युवक रिजालको भनाई छ ।











