बिदुरः नुवाकोटको पन्चकन्यामा बस दुर्घटना भएको छ । दुर्घटनामा स्थानीय एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

सदरमुकाम विदुरदेखि २८ किलोमिटर उत्तरमा रहेको पन्चकन्या गाउपानलिका ४ थप्रेक, स्कुलडांडामा वुधवार बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुुर्घटनामा सोही स्थानका ५२ वर्षिय वुद्धिवहादुर तामाङ घाइते भएको पन्चकन्या ४ का वडाध्यक्ष सन्चवहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार घाइते वुद्धिवहादुरलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । थप्रेक स्कुलडाँडामा पार्किङ गरेको स्थानमा बा२ख ५४१६ नं को बस चालकले स्टार्ट गर्ने क्रममा एक्कासी उछिट्टिएर बस डेढ सय मिटर टाढा पुगे पल्टिन पुगेको वडाध्यक्ष सन्चवहादुर तामाङले बताए । बस पल्टिँदा वुद्धिवहादुरको शरिर, टाउकोमा चोट लागेको छ ।

घाइतेलाई सामुदायिक स्वास्थ्य इकाईमा प्राथमिक उपचारपछि काठमाडौं पठाइएको वडाध्यक्ष तामाङले बताए । यस दुर्घटनासंगै सवारी साधनको दीर्घकालीन सुरक्षाको अवस्थाको मुल्यांकन गर्नु पर्ने सर्वसाधारणले माग गरेका छन् ।






