बिदुरः सशस्त्र द्वन्दका क्रममा ज्यान गुमाएका नुवाकोटको एक व्यक्तिको जन्मस्थानमा शालिक निर्माण गरिएको छ । नवनिर्मित शालिकको अनावरण गरिएको छ ।


विदुर नगरपालिका ११ गेर्खुमा ‘जनयुद्धका शहिद’ जङ्गबहादुर प्याकुरेलको २३ औं स्मृतिमा उनको जन्मस्थानमा अर्धकदको सालिक निर्माण गरिएको हो । नवनिर्मित उक्त शालिकको बाग्मति प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गानाले अनावरण गरे ।

उनले देशमा संविधान, परिवर्तन र गणतन्त्रका लागि प्याकुरेलले योगदान दिएको र सधैं अमर रहिरहेको स्मरण गरे । जनयुद्धमा होमिएका प्याकुरेलले २०५९ कार्तिक २३ गते धादिङको थाक्रे गाउँपालिका २ सिम्लेमा सहादत प्राप्त गरेका थिए ।

विदुर नपाको कुल पांच लाख रुपैयाको लागतमा शालिकसहितको संरचना निर्माण गरिएको हो । २०३३ साल साउन ३ गते जन्मिएका प्याकुरेलले २६ वर्षको उमेरमा सहादत प्राप्त गरेका थिए । नेपाली कम्युनिष्ट पार्टी विदुर ११ गेर्खुको आयोजनामा गरिएको शालिक अनावरण कार्यक्रममा बाग्मति प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गानाले देशमा परिवतृनका लागि सहिदको सपना पूरा गर्न अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले सहिदहरूले पहिल्याएको र देखाएको बाटो र परिवर्तन र संविधान रक्षाका लागि सवै नेपाली कर्ममा क्रियाशील हुनुपर्ने वताइन् । शालिक परिसरमा पार्कसमेत निर्माण गर्ने योजना रहेको छ ।








