बिदुरः सशक्तिकरणमा जोड दिदै नुवाकोटको ग्रामीण भेग वुधसिङका महिलाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । तारकेश्वर गाउंपालिकाले महिला सचेतना, जागरण तथा उत्प्रेरणाका लागि चार वटा महिला समूहहरुलाई आर्थिक सहयोग प्रदान गरेको हो ।


तारकेश्वर गापा ४ को ४ वटा महिला समूहहरुलाई गापाले आर्थिक अनुदान सहयोग प्रदान गरेको हो । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले महिला समूहहरुलाई कुल २ लाख ५० हजार रुपैया हस्तान्तरण गरे ।

अध्यक्ष अधिकारीले महिला सशक्तीकरण, महिला जीविकोपार्जन, महिला स्वावलम्बन र महिला सहभागिता, साक्षात्कार कार्यक्रम अन्तर्गत तारेकेश्वर ४ का ४ वटा महिला समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको वताए । आर्थिक सहयोग सदुपयोग गरि महिला जागरणमा लगानी गर्न उनले आग्रह गरे ।

नेवारपानीमा आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले जागरण विकास महिला समूह नेवारपानीलाई . एक लाख, ढोडछाप हातेमालो महिला समूह ढोडगाउँलाई ५० हजार, सिद्धेश्वर महिला समूह भञ्ज्याङखर्कलाई ५० हजार र भञ्ज्याङखर्क महिला समूह भञ्ज्याङखर्कलाई ५० हजार रुपैया हस्तान्तरण गरेका हुन् । अध्यक्ष अधिकारीले ग्रामीण महिला सशक्तीकरण अभियान अन्तर्गत तारकेश्वरमा गठन भएका दर्जनौँ आमा तथा महिला समूहहरुलाई निरन्तर क्रियाशीलताको आव्हानसमेत गरे ।









