बिदुरः त्रिदेशीय मार्ग अन्र्तगत नुवाकोटको महादेवफाँटमा समुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सन्चालन भएको छ । महायज्ञवाट संकलित नगद तथा जिन्सीवाट अस्पताल निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । वेलकोटगढी नगरपालिका ७ जरुवावगरमा सात दिनसम्म सन्चालन हुने उक्त महायज्ञको वुधवार मेयर जगतवहादुर गुरुङले उद्घाटन गरे । महायज्ञमा चर्चित भागवत वाचक राधिका दासीद्वारा श्रीमद् भागवत कथा प्रवचन भइरहेको छ ।


महायज्ञको उद्घाटन गर्दै मेयर गुरुङले त्रिदेशीय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको वचिमा रहेको महादेवफांटमा एउटा अस्पताल आवस्यक परेको अवस्थामा आयोजित महायज्ञवाट संकलित रकमवाट अस्पताल सन्चालन गरिने वताए । उनले अस्पताल सन्चालनका लागि नपा कार्यालयले आवस्यक सहयोग गर्नेसमेत प्रतिवद्धता जनाए । महायज्ञ यहि कार्तिक २५ गतेसम्म सञ्चालन हुने आयोजक भीमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।

“स्वास्थ्यमा दान महान” भन्ने उद्देश्यसहित आयोजित महायज्ञको पहिलो दिन वृहत कलश यात्रासहित महायज्ञ सुरु गरिएको छ । चर्चित कथा वाचक राधिका दासीले सात दिनसम्म श्रीमद्भागवत कथा वाचन गर्नुका साथै विभिन्न झांकी तथा धार्मिक प्रदर्शन हुने आयोजकले जनाएको छ । महायज्ञ सफल बनाएर अस्पताल सन्चालन गर्ने मुल उद्धेश्य रहेका कारण बेलकोटगढी नपाले आयोजक तथा विभिन्न सामाजिक संघसंस्थासंग सहकार्य गरेको उपमेयर शिवप्रसाद दाहालले वताए ।

महायज्ञलाई सफल वनाएर महादेवफांटमा एउटा सामुदायिक अस्पताल सन्चालन गरिने वडाध्यक्ष भुवनेश्वर नेपालको भनाई छ । महायज्ञ सफल वनाउन आयोजकसंग न्यू भिजन युथ क्लब तथा विभिन्न संघसंस्थाहरुको सहकार्य रहेको छ । महायज्ञ उद्घाटनको दिन वाजागाजासहित कलश यात्रा, वजार परिक्रमा, झांकी प्रदर्शन गरिएको थियो । महादेवफाँटमा अस्पताल निर्माणका लागि आयोजित महायज्ञलाई सफल बनाउन आयोजकले सबै सरोकारवाला निकायसँग अनुरोधसमेत गरेको छ ।

साथै यज्ञमा दान गरेर आफ्ना पितृ उद्धारका लागि योगदान दिन पनि अपिल गरिएको छ । उक्त स्थानमा अस्पताल निर्माण गरिसंगै नुवाकोट र धादिका पुर्वी भेगका नागरिकले समेत सेवा पाउन सहज हुनेछ । सो स्थानमा त्रिदेशयि सडकमार्ग रहेकाले धेरै दुर्घटना हुँदै आएको र उक्त क्षेत्रमा अस्पताल नहुँदा धेरैले ज्यान गुमाउन परेको दुःखद् घटनाका कारण आफूहरुले अस्पताल निर्माणको योजना अघि सारेको अध्यक्ष नेपालले बताए । उनले महायज्ञबाट संकलित रकमको पारदर्शी हिसाबकिताब हुने भएकाले ढुक्कसँग दान गर्नका लागि पनि आग्रह गरेका छन् ।











