बिदुरः नेकपा एमाले नुवाकोटले विभिन्न कार्यक्रमको सुरुवात गरेको छ । जनप्रदर्शनलगायत विविध तयारी सुरु गरिएको सो दलले जनाएको छ । एमाले नुवाकोटले १२ स्थानीय तह तथा दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा गर्ने कार्यक्रमको तयारी सुरु गरिएको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले जानकारी दिए । उनले मातहतका कमिटिहरुलाई परिचालन गरि नुवाकोटमा तीन चरणको कार्यक्रम गरिने वताए ।


जिल्लास्तरिय जनसभामा एमालेका केन्द्रीय पदाधिकारीले सम्वोधन गर्ने जनाइएको छ । कार्तिक २९ गते विदुरमा आयोजित जनसभामा पार्टीको कुनै एक जना केन्द्रीय पदाधिकारीले सम्वोधन गर्ने एमाले नुवाकोटले जनाएको छ । देशको स्वाधिनता, जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि एमाले नुवाकोटले तीन चरणको जनप्रदर्शन र जनसभा गर्ने तयारी गरेको सचिव शिवकुमार चित्रकारको भनाई छ । तय गरिएका कार्यक्रमहरुमा कार्तिक २१ गते ८८ वटै वडामावडा स्तरीय जनसभा, कार्तिक २५ गते पालिका स्तरीय जनप्रदर्शन र कार्तिक २९ गते शनिवार सदरमुकाम विदुरमा जिल्ला स्तरीय जनसभा गर्ने तयारी भएको र त्यसका लागि आन्तरिक तयारी भइरहेको सचिव चित्रकारले वताए ।

जिल्लास्तरिय जनसभामा एमालेका केन्द्रीय पदाधिकारीमध्ये एक जना आउने र निमन्त्राण गर्ने आन्तरिक तयारी भइरहेको एमाले नुवाकोट सचिवालय सदस्य दीपक कार्कीको भनाई छ । एमाले नुवाकोटले गत असोज ३१ गतेको निर्णयपछि एमाले केन्द्रीय निर्देशन अनुसार, “देशभक्त उठ, जनताको हितका लागि, लोकतन्त्र र राष्ट्रको रक्षा गरौं” भन्ने मूल नाराका साथ देशव्यापी अभियान सञ्चालनको सिलसिलामा नुवाकोटमा पनि विशेष रुपमा पार्टी संगठन, जनासंगठन तथा जनस्तरमा उत्साहपूर्ण तयारी भइरहेको जिल्ला उपसचिव राजेन्द्रप्रकाश पाण्डेको भनाई छ ।

राष्ट्र, राष्ट्रियता र जनअधिकारमाथि प्रहार भइरहेको दावी गर्दै एमालेले प्रहारको विरोधमा सम्पूर्ण एमाले कार्यकर्ता एकजुट भई नुवाकोटका हरेक गाउँ, बस्ती र टोलमा जनताको आवाज बुलन्द पार्दै जनसभा र प्रदर्शनलाई ऐतिहासिक बनाउन सबै सक्रिउ भई जुट्नुपर्ने एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेको भनाई छ । पाण्डेले अगाडि भने जनताको बल, संगठनको एकता र राष्ट्रप्रतिको समर्पण नै एमालेको शक्ति भएकाले सोही भावनाका साथ नुवाकोटका सबै कार्यकर्ताले जनसभा र जनप्रदर्शनलाई ऐतिहासिक बनाउनुपर्ने वताए ।

वडा, पालिका र जिल्ला कमिटीलाई जनसभालगायतका कार्यक्रम सफल पार्न जनसंपर्क, आवस्यक प्रचार–प्रसार र संगठन सुदृढीकरणमा सक्रिय रहन निर्देशन दिइएको अर्का केन्द्रीय सदस्य विन्दा ढुंगानाको भनाई छ । उनले जनभावना अनुसार एमाले अगाडि वढिरहेकोसमेत वताइन् ।





