बिदुरः वेमौसमी वर्षातका कारण नुवाकोटमा धान तथा तरकारी खेतिमा ठुलो परिमाणको उत्पादन नष्ट भएको छ । क्षतिको मुल्यांकन गरेर किसानहरुलाई राहात तथा क्षतिपुर्ति दिनुपर्ने आवाज उठेको छ ।

जसअन्र्तगत नुवाकोटकै तारकेश्वर गाउँपालिकाले धान खेतिमा वर्षातले गरेको क्षतिको मुल्यांकन गर्ने भएको छ । प्राविधिकहरुलाई किसानका खेतमै गएर क्षतिको अवस्था उतार्न गापा अध्यक्ष शिव अधिकारी अविरलले निर्देशन दिएका छन् ।

वर्षाले गरेको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन विवरण पेस गर्न कृषि र प्राविधिक शाखालाई उनले निर्देशन दिएका हुन् । अध्यक्ष अधिकारीले कृषि र प्राविधिक शाखाका कर्मचारीहरूलाई ६ वटै वडाको फाँटमा रहेको किसानका खेतहरूमा पुगेर धानमा पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका हुन् ।

उनले द्रुत गतिमा विवरण सङ्कलन गर्न कर्मचारीहरूलाई सहयोग गर्न जनप्रतिनिधि र किसानहरुलाई आग्रह गरेका छन् । बेमौसमी वर्षाको असरले धानबालीमा गरेको क्षतिको प्रतिवेदन पेश गर्न अध्यक्ष अधिकारीले २४ घण्टाभित्र सम्वन्धित निकायलाई निर्देशन दिएका हुन् ।
कृषि प्राविधिकहरुले कृषि तथा प्राविधिक शाखाका कर्मचारीसहित किसानहरूले खेतमा काटेका र काट्न वांकी धानमा भएको क्षतिको विवरण सङ्कलन गर्नेछन् । त्यसको मुल्यांकन गरेर गापाले क्षतिपुर्ति र राहतका सम्वन्धमा आवस्यक निर्णय लिने अध्यक्ष अधिकारीको भनाई छ ।






