बिदुरः सामाजिक कार्यमा खटिएको लायन्स क्लवहरुको भेला नुवाकोटमा गरिएको छ । तीन जिल्लाका १० वटा क्लवको एकैपटक पदस्थापन गरिएको हो । नुवाकोट, धादिङ र रसुवामा रहेका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम वट्टारमा सम्पन्न भएको हो । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तरगतका १० वटा क्लवका अध्यक्ष, पदाधिकारी र सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।


लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ आइ नेपाल अन्तरगतको क्लवहरुको लायन बर्ष २०२५/२६ को पदस्थापना तथा सपथग्रहण गरिएको हो । क्लवका अनुसार एरिया ३, रिजन ५, जोन १२ र १३ अन्तरगतका सबै क्लबको पदस्थापना तथा सपथग्रहण सम्पन्न भएको हो । कार्यक्रममा लायन्स क्लब अफ नुवाकोट इन्द्रायणी, लायन्स क्लब अफ नुवाकोट बट्टार, लायन्स क्लब अफ नुवाकोट आदर्श, लायन्स क्लब अफ नुवाकोट बाराही, लायन्स क्लब काठमाडौ सुर्यमुखी, लायन्स क्लब अफ धादिङ भैरवी, लायन्स क्लब अफ धादिङ हाइट, लायन्स क्लब अफ धादिङ मण्डली, लायन्स क्लब अफ नुवाकोट, क्यापिटल, लायन्स क्लब अफ रसुवा धुन्चेका लिडरहरुको पदस्थापना तथा सपथग्रहण भएको हो ।

लायन बर्ष २०२५/२६ को पदस्थापना तथा सपथग्रहण कार्यक्रममा डिष्ट्रिक ३२५ आई नेपालका गभर्नर लायन पार्वती पाण्डेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।उनले शसक्त रुपमा परोपकारी क्षेत्रमा लाग्न उर्जा थपिनुका साथै अन्य परोपकारी कार्यहरुको निरन्तरताको लागी विशेष एकता र उर्जा मिलेको वताइन् । कार्यक्रमम लायन्स क्लब अफ डिष्ट्रिक ३२५ आई नेपालका पदाधिकारी तथा सदस्यहरुकोसमेत सहभागिता रहेको थियो ।








