बिदुरः विभिन्न कानून प्रस्तुत गर्दै नुवाकोटको शिवपुरी गाउंपालिकाको विशेष अधिवेसन गरिएको छ । विशेष अधिवेसनको पहलिो वैठकले विभिन्न तीन वटा कानून सभामा प्रसतुत गरेर छलफल सुरु गरेको छ ।


शिवपुरी गापाको आर्थिक कार्यविद्यि तथा वित्तिय उत्तरदायित्व विधेयक, वेरुजु फर्छौट सम्वन्धि कार्यविधि र लेखा, विद्यायन, विकास तथा सुशासन समिति गठन तथा कार्य सन्चालन कार्यविधि प्रस्तुत गरिएको शिवुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले वताए । उनले संघीयताको कार्यान्वयन र प्रशासनिक सुधारका लागि स्थानीय सरकारमा सो कानूनहरु आवस्यक रहेको र सभामा पेश गरिएको वताए ।

सभामा उपाध्यक्ष वीरवहादुर तामाङले शिवपुरी गापाको आर्थिक कार्यविद्यि तथा वित्तिय उत्तरदायित्व विधेयक, कार्यपालिका सदस्य सुकुराम तामाङले लेखा समिति गठन तथा कार्य सन्चालन कार्यविधि, कार्यपालिका सदस्य चन्द्रवहादुर गुरुङले वेरुजु फर्छौट सम्वन्धि कार्यविधि, शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले लेखा, विद्यायन, विकास तथा सुशासन समितिका संयोजक तथा सदस्यहरुको नाम अनुमोदनका लागि विशेष सभामा प्रस्तुत गरेका थिए ।

विशेष सभामा प्रस्तुत उक्त कार्यविधि तथा विधेयकहरु दफावार रुपमा छलफल भइरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए । विशेष सभाको दोश्रो वैठकले प्रस्तुत विधेयक, कार्यविधि तथा विभिन्न समिति गठनका लागि प्रस्तुत नाम पारित गर्ने जनाइएको छ ।

विशेष सभामा शिवपुरी गापाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक प्रस्तुत गरी छलफलका लागि विधायन समितिमा पठाइएको छ । साथै लेखा समिति, विधायन समिति र विकास तथा सुशासन समितिका संयोजक र सदस्यहरु अनुमोदन गरिएको छ ।

शिवपुरी गापाको लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि, २०८२ र शिवपुरी गापाको बेरुजु फर्छौट कार्यविद्यि २०८२ सभामा पेश गरि छलफल भइरहेको छ । महालेखा परिक्षकको कार्यालयबाट प्राप्त गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन सभामा पेश गरी छलफलका लागि लेखा समितिमा पठाउने निर्णय गरिएको छ ।









