बिदुरः नुवाकोटको वट्टारमा वुधवार दुर्घटना भएको छ । दुर्घटनामा एक युवक गभीर घाइते भएका छन् । घाइते युवकलाई हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिदुर नगरपालिका ४ बट्टार हावाघरमा उक्त स्थान हुदैबाट संगमचोकतर्फ जाने क्रममा रहेको ग१ख ९९३५ नंम्वरको आईचर गाडीले संगमचोकबाट हावाघरतर्फ जादै गरेको बा६५प ५०४० नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक विदुर नपा १२ का २० वर्षिय अनिश अधिकारी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइथे अधिकारीलाई उद्धार गरि उपचारको लागि त्रिशूली अस्पताल नुवाकोट लगिएकोमा त्यहां प्राथमिक उपचार गरि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमााडौ लगिएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए ।

घाइते अधिकारीको टाउँको र खुट्टामा गम्भीर चोट लागेकोे छ भने काठमाडौ टोखास्थित ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने आईचर र आईचर चालक नुवाकोटकै तारकेश्वर गापा १ दाङसिंङका ३० वर्षिय राधाकृष्ण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





