बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको सुनखानीले घरायसी विवादमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर दुरी पुर्वमा रहेको शिवपुरी गाउंपालिका ७ सुनखानी ठुलापाटामा स्थानीय ५० वर्षिय जितमान तामाङले आफ्नै श्रीमती ४९ की सविना तामाङलाई धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जितमान र धारिलो हतियार वुधवार विहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली खटी सुनखानी पुगेर श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेर हत्या गर्ने व्यक्ति जितमान र धारिलो हतियार (खुकुरी) नियन्त्रणमा लिएर घटना सम्बन्धि थप अनुसन्धान सुरु गरेको डिएसपि लामाको भनाई छ । उनका अनुसार प्रारम्भिक विवरण अनुसार जितमानले मादक पदर्थ सेवन गरेर घरायसी विवादमा घर झगडा गरि श्रीमतीको हत्या गरेका हुन् भने शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालम राखिएको छ ।





