बिदुरः नुवाकोटको पुर्वी भेग पञ्चकन्या गाउंपालिकामा प्रतिक्षालयसहितको श्रीकृष्ण मन्दिर निर्माण गरिएको छ । नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ ।

पन्चकन्या गापा २ कोर्थोक छेउघर टोलमा नवनिर्मित श्रीकृष्ण मन्दिर तथा प्रतिक्षालयको उद्घाटन तथा शिलालेखको अनावरण गरिएको छ । कार्यक्रमकावीच स्थानीय वयोवृद्ध दुर्गालाल श्रेष्ठ वागमतिका पूर्व मन्त्री बद्री मैनालीले संयुक्त रुपमा उद्घाटन गरे । स्थानीय जनहसहभागितामा नवनिर्मित उक्त प्रतिक्षालयसहितको श्रीकृष्ण मन्दिर कुल १४ लाख २५ हजार रुपैयाको लागतमा निर्माण गरिएको हो ।

मन्दिर उद्घाटन तथा शिलालेखको अनावरण कार्यक्रममा प्रमुख अतिथी एमाले नुवाकोटका अध्यक्षसमेत रहेका वागमतिका पूर्व वद्री मन्त्री मैनालीले आम सर्वसाधारणको जीवनस्तरको परिवर्तन र गाउँटोलको बिकास र सम्बृद्धिको लागि नेपालीको संस्कृति, पहिचान, मानिआएको धर्म र संस्कृति नेपालीको जीवनको आधार पनि भएकोले यसको संरक्षण र प्रवद्र्धनमा आफु क्रियाशील रहेको प्रतिवद्धता जनाए ।

उक्त मन्दिर निर्माणमा सहयोग पु¥याएका विभिन्न व्यक्तिहरुलाई मैनाली र वयोवृद्ध दुर्गालाल श्रेष्ठले प्रमाणपत्र बितरण गर्दै सम्मानित गरे । मन्दिर उद्घाटन कार्यक्रममा निर्माण समितिका कोषाध्यक्ष प्रदीप श्रेष्ठले आयब्यय बिबरण प्रस्तुत गरेका थिए ।






