बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको तादी खोलाले वगाउंदा स्थानीय एक वृद्धको ज्यान गएको छ । वृद्धको शव खोलाले वगाएको स्थान भन्दा दुई किलोमिटर तल शव फेला परेको हो ।

लिखु गाउँपालिका–४ गड्खारका ६५ वर्षीय पुर्णबहादुर राईको घर नजिकैको तादी खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आफ्नै खेतको धान काटेर घर फर्कने क्रममा वीचमा रहेको तादी खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

तादी खोलाले वगाएका वृद्ध राइको खोजतलासका क्रममा बगाएको स्थानबाट २ किलोमिटर तल दक्षिणमा मृत अवस्थामा शव फेला परेको डिएसपि लामाले वताए । शवको मंगलवार नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरि शव परिवारजनले अन्तिम संस्कार गरेका छन् ।





