बिदुरः नुवाकोटको विदुरस्थित एक छात्रवासलाई खाद्यान्न प्राप्त भएको छ । यसवाट छात्रवासमा रहेका वालकहरुलाई सुविधा पुगेको छ ।

विदुर नगरपालिका २ विदुरमा रहेको आमाको माया छात्रवासका लागि मंगलवार खाद्यान्न सहयोग जुटेको हो । यसवाट उक्त छात्रवासमा आश्रित २१ जना छात्रहरुका लागि दैनिक खानाका लागि सहज भएको छ । विदुर नपा २ स्थायी घर भएकी श्रीया श्रेष्ठले आफ्नी आमाको स्मृतिमा उक्र छात्रावासका लागि खाद्यान्न सहयोग गरेकी हुन् । श्रीयाका तर्फवाट उनका पिता श्रीराम श्रेष्ठ तथा परिवारजन उक्त छात्रवास पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

श्रीयाका तर्फवाट उक्त छात्रवासलाई ६ वोरा चामल, २० किलोग्राम दाल, ६ केजी चिनी, आठ लिटर तेल, १५ प्याकेट मस्यौरा र डेढ किलोग्राम चियापत्ति प्रदान गरिएको हो । आफुले सामाजिक सेवाको भावले साना वालकहरुको खानाका लागि उक्त सहयोग गरेको श्रीया श्रेष्ठको भनाई छ ।






