बिदुरः नुवाकोटमा युवाहरुले पर्यटकिय सथल सरसफाई गरेका छन् । यसवाट पर्यटकिय स्थलहरुको सौन्दर्यता वृद्धि भएको छ । पर्यटकिय तथा उचाईमा रहेको किस्पाङ पोखरी युवाहरुले सरसफाई गरेका हुन् । “समृद्ध किस्पाङ हाम्रो चाहना“ भन्ने मुल नाराका साथ समृद्ध किस्पाङको आयोजनामा किस्पाङ पोखरी सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकाको नामकरण समेत नौ वर्ष अगाडि सोही स्थानका आधारमा गरिएको थियो । उक्त स्थान पर्यटकिय, ऐतिहासिक र सांस्कृतिक महत्वको रहेको कारण अन्तरिक तथा वाह्य पर्यटकका रोजाइको स्थल रहेको छ । पर्यटकिय, सांस्कृतिक तथा धर्मिक स्थल किस्पाङ पोखरीमा समृद्ध किस्पाङ समूहले वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

समृद्ध किस्पाङले २०७५ सालदेखि समाजमा चेतनामुलक कार्यक्रम, बिपतमा राहत बितरण, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री बितरण तथा विद्यार्थीहरुको प्रतिभा पहिचानका कार्यक्रम गर्दै आएको समृद्ध नुवाकोटका अध्यक्ष पूर्णमानकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार १८ जनाको समूहले पोखरी तथा आसपासका सरचना, वाटोघाटो तथा मठमन्दिर सरसफाई गरेको हो ।

२ बोरा भन्दा बढी प्लाष्टिक जन्य फोहोर, विभिन्न बोत्तल तथा टुक्राहरु संकलन गरि ब्यवस्थापन गरिएको सम्वृद्ध किस्पाङले जनाएको छ । पर्यटन, इतिहास र धर्मिक रुपमा महत्व वोकेको किस्पाङको सौन्दर्यतालाई सरसफाई कार्यक्रमले योगदान दिएको छ । सरसफाईका साथै चेतना जगाउने उद्धेश्यसहितको उक्त कार्यक्रममा प्रगतिशील ताजी युवा क्लब, किस्पाङ रेडक्रस, विभिन्न क्षेत्र तथा समुदायका अगुवा र सर्वसाधारणको सहभागिता रहेको सरसफाइमा सहभागी अष्ट डिम्डुङको भनाई छ।






