बिदुरः अविरल वर्षातसँगै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गर्दा त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । आवतजावत प्रभावित भएको छ ।

वाढीले सडक नै कटान गरेपछि त्रिदेशिय सडक मार्ग अन्र्तगत विदुर–वेत्रावति–मैलुङ–रसुवागढी सडकखण्ड अवरुद्ध भएको हो । उक्त सडक नेपाल–भारत र चनि प्रवेशको छटोटो दुरीको मार्ग हो । दुई दिनदेखि परेको अविरल वर्षातले उक्त सडकमार्ग आइतवारदेखि नै अवरुद्ध हुनुको साथै त्रिशूली नदी आसपासका क्षेत्रमा क्षति पु¥याएको छ । त्रिशूली नदीमा आएको बाढीका कारण त्रिदेशिय सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका ५ को विभिन्न भागमा सडक कटान गरेपछि यात्रु तथा मालवाहक सवारी आवागमन प्रभावित भएको छ ।

उक्त सडकमार्ग हुदै नुवाकोटको शान्तिवजार, फिकुरी, काहुले, ताजीका साथै रसुवाको दक्षिणपश्चिमा रहेका मैलुङलगायत विभिन्न स्थानमा गाडी जाने गरेको थियो । त्रिशूली नदीमा आएको बाढीले एकसय मिटर लामो सडक कटान गर्नुका साथै आसपासका स्थानमासमेत सडक किनार भासिएको स्थानीयवासी दिलकृष्ण श्रेष्ठको भनाई छ । उनका अनुसार सडक कटान हुनुका साथै भासिँदा ठूला सवारी साधन मात्र नभई पैदल यात्रासमेत जोखिमपूर्ण बनेको छ । हाललाई पैदल, मोटरसाइकल र कारजीपलाई स्थानीय पेट्रोलपम्पको वाटोलाई अस्थायी रुपमा सन्चालन गरिएको छ ।

यसैवीच, वर्षात्ले बिदुर नगरपालिका १ ढुंगेत्रिशूलीका ज्ञानबहादुर खातिको घर जोखिमपुर्ण भएको छ । त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारण घर जोखिमपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खातीको परिवार अर्को घरमा सरेर सुरक्षित वसेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उता, बिदुर नपा १० दारेगौडाका दीपक ठकुरीको घरको आँगनको पर्खाल लडेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।






