बिदुरः जोखिम नरहेका कारण नुवाकोटका कार्यालयहरु सोमवार साविकझै सनचालन हुनेछन् । सरकारले जोखिम नरहेका जिल्ला प्रशासन कार्यालयलाई सेवा सुचारु गर्न आइतवार निर्देशन दिएसंगै वाढीपहिरोको जोखिम नरहेका कारण नुवाकोट प्रशासनले सोमवार सवै कार्यालयहरु सन्चालन गर्न परिपत्र गरेको छ ।

यससंगैं वडादशैंको ६ दिन र सरकारले वर्षातका कारण दिएको उक दिनसमेत गरि सात दिनपछि नुवाकोटमा कार्यालयहरु सन्चालन हुने भएका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सोमबार (असोज २०) देखि जिल्लाका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाहरू अनिवार्य रूपमा सञ्चालन गर्न परिपत्र गरेको छ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रको आधारमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आइतबार विशेष सूचना जारी गर्दै सोमबारदेखि सम्पूर्ण कार्यालयहरूले सेवा नियमित रूपमा प्रदान गर्नुपर्ने बताएका हुन् । उनले जिल्लाबासीलाई आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सबै निकायलाई समयमै कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्ना सम्पूर्ण सेवाहरू पनि सोमबारदेखि नियमित रूपमा सुचारु हुनेसमेत स्पष्ट गरेको छ । प्रशासनले सार्वजनिक सेवामा कुनै अवरोध नआउने गरी जिल्लास्थित सबै सरकारी निकाय र वित्तीय संस्थाहरूलाई जिम्मेवारीपूर्वक सेवा प्रवाहमा जुट्न अनुरोध गरेको छ ।






