बिदुरः दुई दिनदेखि निरन्तर वर्षात् भइरहेको काकरण नुवाकोटका मुख्य सडकमार्गहरुमा चार पांग्रे गाडी सन्चालनमा रोक लगाइएको छ । सडकमार्गमा यात्रुहरुको सुरक्षाका लागि दिउसोको समयमा यातायात सन्चालनमा रोक लगाइएको हो ।

रातीको समयमा यातायात सन्चालन गर्ने निर्णय गरेको एक दिनमै नुवाकोटमा अविरल वर्षात्का कारण मुख्य सडकमार्गमा यात्रु तथा धनजनको सुरक्षाका कारण दिउंसोको समयमासमेत यातायात सन्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । काठमाडौवाट नुवाकोट प्रवेशको सवैभन्दा छोटो दुरीको गंगटे –छहरे– टोखा, पासाङल्हामु मार्ग तथा त्रिदेशिय मार्गको गल्छी–देवीघाट सडकखण्डमा पहिरो तथा बाढीको जोखिम भएका कारण यातायात सन्चालनमा रोक लगाइएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार ति सडकमा जोखिमका कारण चार पांग्रे गाडीहरुको आवतजागतका लागि रोक लगाइएको हो । लगातारको वर्षाका कारण जोखिम बढ्नसक्ने तर्फ सचेत गराउंदै उक्त सडकमार्गहरुमा आवतजावतका लागि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यद्यपि, नुवाकोटबाट काठमाडौं प्रवेशका लागि छोटो दुरीको गंगटे –छहरे– टोखा सडक खण्डमा पृथ्वी राजमार्गस्थित नागढुंगा, गल्छीवाट सयौं यातायातका साधनहरु नुवाकोट प्रवेश गरेका छन् । यसवाट उक्त सडकमार्ग बैकल्पिक सडकका रुपमा रहनुका साथै नुवाकोट, रसुवाबाट काठमाडौं जाने छाटो दुरीको छाटो सडकका रुपमा रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुँमागाईले लगातारको वर्षातका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिएर उक्त निर्णय गरिएको वताए । नुवाकोटको विदुर, वट्टार, त्रिशूली, वेत्रावति, देवीघाट, ढिकुरेलगायतका स्थानमा सचेत रहन आग्रह गर्दै आम सर्वसाधारणलाई सचेत गराउंदै प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले माइकिङ गरिरहेको छ । नुवाकोटका मुख्य सडकमार्गहरुमा काठमाडौ सम्मको यात्रामा अर्को सूचना जारी नभएसम्मका लागि एम्बुलेन्स, दमकल बाहेक अन्य चार पांग्रे सवारीका साधन संचालनमा रोक लगाइएको डिएसपि विक्रम लामाले जानकारी दिए । नुवाकोटका विभिन्न स्थानमा शुक्रवार रातीदेखि नै लगातार भारी बर्ष भइरहेको कारण उक्त अवस्थालाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक अनावश्यक यात्रा नगर्नुहुन सर्वसाधारण नागरिकहरूलाई अनुरोध गरिएको लामाले वताए ।

अत्यावश्यक यात्राको हकमा यात्रा गर्नु अघि पनि सम्बन्धित निकाय वा स्थानीय प्रशासनसँग मार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको लामाको भनाई छ । वर्षा तथा विपद् जोखिमका समयमा सचेत रहेर सुरक्षित स्थानमा बसोबास गर्नु, र आपतकालीन अवस्थाको जानकारी तुरुन्तै नजिकको प्रशासनिक कार्यालय वा प्रहरी कार्यालयमा दिन पनि प्रहरीले आम सर्वसाधारण तथा सरोकारवालामा अनुरोध गरेको छ ।
सुरक्षा र सावधानीका साथ रहन सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको भनाई छ । वर्षातका समयमा बाढीपहिरो, बवस्ती तथा सडक कटान र सडक अबरुद्ध हुने, सवारी साधन बिग्रने वा दुर्घटना हुने सम्भावना बढी हुने भएकाले विगतमा देखिएका समस्यालाई समाधान गर्दै विशेष सतर्कता अपनाएको घिमिरेको भनाई छ ।






