बिदुरः चाडपर्वमा यात्रुहरु तोकिएको भन्दा धेरै भाडा तिर्न वाध्य भइरहेका छन् । नेपालीहरुको मुख्य पर्व वडादशैंको समयमा यात्रुहरु तोकिएको भन्दा झण्डै दोव्वर भाडा तिर्न वाध्य भएको गुनासो गरेका छन् ।

वडादशैंको विदामा यात्रुहले काठमाडौ जांदा र आउंदा साविकको भाडा भन्दा झण्डै दोव्वर तिर्न वाध्य हुनु परेको गुनासो गरेका छन् । नुवाकोटवाट काठमाडौं गएको यात्रुहरुले साविकमा एक जनाको तीनसय ३० रुपैया भाडा तिर्दै आएपनि वडादशैंमा झण्डै ६ सय रुपैया भाडा तिर्नवाध्य हुनु परेको यात्रुहरुले गुनासो गरेका छन् ।
नुवाकोटको ढुंगेवाट स्कुल पढ्ने आफ्नो छोरा काठमाडौको माछापोखरीसम्म आएको पांचसय रुपैया तिर्नु परेको नुवाकोटको मदानपुर घर भई म्हैपीमा वसोवास गर्दै आएकी एक जना अभिभावकले नाम उल्लेख नगर्ने शर्तमा वास्तविकता खुलाइन् । के गर्नु आफ्नो मानछे पर्व मनाउन आउनु परेको छ, यहि मौकामा गाडीवालाले धेरै भाडा असुल्छन्, मागेको जति भाडा तिर्ने प¥यो–उनले दुःखेसो गरिन् ।
वडादशैंको विदामा काठमाडौवाट नुवाकोट आउने माछापोखरी–टोखा–छहरे–त्रिशूली, पासाङल्हामु मार्गको काठमाडौ–ककनी–त्रिशूली तथा वालाजु–थानकोट–गल्छी–देवीघाट–त्रिशूली चल्ने यातायातहरुले मौकाको फाइदा उठाउंदै टिकट नकाटी सेवा दिएको वहानामा झण्डै दोव्वर भाडा असुल गरिरहेको स्वं यात्रीहरु ग्ुनासो गर्छन् । के गर्नु वर्षदिनको पर्वमा आफ्नो गन्तव्य जानै परेको छ, कसलाई गुनासो गर्नु, भाडा दोव्वर भन्छन्, जानै परेको छ, किन रिसइवी गर्नु भनेर एक जनाको सांढे पांचसय तिररै काठमाडौवाट आए–अर्का एक जना यात्रुले गुनासो थप्दै वास्तविकता उजागर गरे ।

चाडपर्वको वेलामा लामो दुरीमा मात्रै नभई छोटो दुरीको सार्वजनिक यातायातले पनि मनलाग्द िभाडा लिने गरेको यात्रुहरु पीडा सुनाउंछन् । गन्तव्य प्रमुखता भएको छ अहिले, के गर्नु, उजुरी, गुनासो झगडा गर्नु भन्दा घरै जान उपयुक्त ठानेर मागेको जति भाडा दिइएको नुवाकोटको जिलिङका अर्का यात्रु तितो यथार्त पोख्छन् । यस सम्वन्धमा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइसंग जिज्ञासा राख्दा विभिन्न सार्वजनिक यातायातका साधनहरुले यात्रुहरुसंग वढि भाडा लिएको गुनासो आफुलाई पनि आइरहेको वताए । उनले उजुरी दिएमा कानुन अनुसार कारवाही गरिने प्रतिवद्धता जनाए ।
वढि भाडा लिएको गुनासो आएपछि सरोकारवालाले विभिन्न समयमा छड्के निरीक्षण गर्ने गरेको छ । वढि भाडा लिएका यात्रुहरुलाई रकम फिर्ता पनि गर्ने गरिएको हुमागाइको भनाई छ । नुवाकोटवाट काठमाडौ प्रवेश गर्ने छहरे–टोखा सडकखण्डको वीचमा रहेको शिवपुरी–६ गुर्जेमा आकस्मिक रूपमा छड्के चेकजाँच गरि वढि भाडा असुल गरेका गाडीहरुलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
वढि भाडा लिएको विषयमा यात्रुहरूको गुनासो बढेपछि चेकजाँचका क्रममा नियमविपरीत बढी भाडा असुल गर्ने ५ वटा विद्युतीय माइक्रो र बसलाई तत्काल कारबाही गरिएको प्रहरीले जनाएको छ । यातायात सन्चालकहरुलाई यात्रुहरुसंग मापदण्ड भन्दा वढि भाडा असुल नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले चेतावन िदिएको छ । यात्रुहरुले पनि तोकिएको भन्दा वढि भाडा नतिर्न सचेत गराइएको छ ।





