बिदुरः नुवाकोटको उत्तरी भेगमा रहेको वागेश्वरीमा वुधवार भीरबाट लडेर एक युवकको ज्यान गएको छ । महानवमीमा स्थानीय मन्दिरहरु दर्शन गर्न जाने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।


सदरमुकाम विदुरदेखि २३ किलोमिटर दुरीमा रहेको सुर्यगढी गाउंपालिका ३ सुर्यगढीडाँडाका ४२ वर्षिय रामशरण अधिकारी स्थानीय बागेश्वरी मन्दिर दर्शन गर्न जाने क्रममा भीरवाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बाटोबाट ७० मिटर तल खसेर टाउको र शरिरमा चोट लागेर गम्भिर घाईते भएका अधिकारीको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार भीरवाट लडेर गम्भीर घाइते भएका अधिकारीलाई उद्धार गरि उपचारको लागि कोलोनीस्थित त्रिशूली अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यू भएको । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएसपि लामाको भनाई छ ।






