बिदुरः खेलकुद क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको वट्टारमा जिल्लास्तरिय वयाडिमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्दान गरिएको छ । नुवाकोट व्याडिमिन्टन संघको आयोजनामा सन्चालित प्रतियोगितामा १४ वर्ष मुनीका छात्रवीच एकल तथा पुरुष डवलतर्फ क र ख गरि ५४ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।

विदुर नपा २ वट्टार नागटारीस्थित व्याडमिन्टन कभर्ड हलमा दुई दिनसम्म सन्चालित प्रतियोगिताका विजेताहरुलाई वागमति प्रदेशा निवर्तमान मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले पुरस्कृत गरे । उनले खेल जीवनवाट मानिसले शारिरीक सुरक्षाका साथै व्यक्तित्व विकास पनि गर्ने वताए । खेलवाटै मानवमा सकारात्मक परिवर्तन हुनेसमेत उनको भनाई छ ।प्रतियोगिता अन्र्तगत १४ वर्ष मुनीका छात्रवीच एकल प्रतियोगितामा संयोग पन्त प्रथम भए ।

सान भुजेल द्वितिय भए भने सस्मित थापा र विरोन ठकुरीले तेश्रो पुरस्कार थापे । उक्त विद्यामा प्रणव वस्याल उतकृष्ट खेलाडिको रुपमा पुरस्कृत भए । यस्तै, पुरुष डवलतर्फ क समूहमा चन्दन घले र प्रेमकृष्ण राजभण्डारीको टोली प्रथम, सुनवहादुर तामाङ र छत्रवहादुर सुनाखेतिको समूह द्वितिय तथा सुरज लामा र जीतवहादुर सुनाखेति, विवेक जोशी र इश्वर डंगोलको जोडीले तेश्रो पुरस्कार हात पारे ।

उक्त प्रतियोगिता पुरुष डवलतर्फ ख समूहमा पर्वत डंगोल र शम्भु पाण्डेको जोडी प्रथम, विकास लामिछाने र काशी थापाको जोडीले द्वितिय तथा सुरज डंगोल, मनोज भण्डारीका साथै सन्तोष खड्का र अर्जुन प्याकुरेलको जोडीले तृतीय पुरस्कार जिते । प्रतियोगितामा सर्वसाधारण खेलाडि, कर्मचारी, सुरक्षाकर्मीकोसमेत सहभागिता रहेको थियो ।





