बिदुरः नुवाकोटको प्रसिद्ध देवीघाटस्थित वृद्धाश्रम नगदसहित सम्मानित भएको छ । वृद्धाश्रमसहित पांच संस्थाहरु सम्मानसहित पुरस्कृत भएका हुन् ।
डेढ दशकदेखि ज्येष्ठ नागरिकहरुको हितमा काम गरिरहेकोे विदुर नगरपालिका ५ देवीघाटमा रहेको देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई नगद पुरस्कारसहित सम्मानित गरिएको हो । रामबाबु –ज्ञानु सामाजिक सेवा कोषले प्रतिष्ठानलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मानित गरेको हो । प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपाललाई प्रमुख अतिथी प्रा. डा. केदारभक्त माथेमाले नगद पुरस्कारसहित सम्मानित गरेका हुन् । कार्यक्रमकावीच एकैपटक प्रतिष्ठानसहित महिला, वालवालिका, असहायको क्षेत्रमा क्रियाशील पांच संस्थालाई नगद पुरस्कारसहित सम्मानित गरेको हो ।

ज्येष्ठ नागरिकको संरक्षणमा प्रतिष्ठानको कार्य विशेष, उदाहरणीय र नमूनाको रहेको कारण देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई नगद पुरस्कारसहित सम्मानित गरिएको आयोजक रामबाबु –ज्ञानु सामाजिक सेवा कोषका ध्रुव नेपालले वताए । प्रतिष्ठानको देवीघाट आश्रममा ४० जना वृद्धवृद्धा आश्रित रहेका छन् ।





