बिदुरः बाढीले प्रभावित वनाएको तीन महिना हुंदासमेत पीडितहरुको पुर्नस्थापनाका लागि सरकारको कुनै पनि कार्यक्रम नआउनु सरकारको भनाई र गराईमा फरक देखिएको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वताए । सभापति थापाले बाढीको पीडामा रहेकाहरुलाई चिसोले आक्रमण गर्न थालिसकेको अवस्थामासमेत सरकारले पुर्नवासको कुनै पनि योजना अगाडि ल्याउन नसक्नु दुर्भाग्य रहेको वताए । नुवाकोटको त्रिशूलीमा आइतवार बाढी पीडितहरुको समस्या सुन्दै पुर्वमन्त्रीसमेत रहेका थापाले सरकारले अव पनि ढिलो नगरी बाढी पीडितहरुको पक्षमा विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने सुझाव दिए । उनले जनताको आवस्यकतालाई समाधान गर्दै प्राथमिकता निर्धारण गरेर तीनै तहको सरकार क्रियाशील हुनुपर्नेसमेत वताए ।


नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावितको अवस्था प्रत्यक्ष बुझ्न कांग्रेस सभापति गगन थापा आइतवार दोश्रो पटक नुवाकोट आएका हुन् । थापा विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा अध्ययनका लागि नुवाकोट, रसुवा र धादिङ पुगेका हुन् । सभापति थापासमक्ष बाढी पीडितहरुले ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा घर ध्वस्त पारेको तीन महिना हुंदासमेत सरकारले पुर्नस्थापनाको कार्य सुरु नगरेको जनाउंदै गुनासो पोखेका छन् । सरकार भएजस्तो आफुहरुलाई अनुभुति नभएको बाढी पीडित सरोकार समितिका संयोजक सुर्यवहादुर कडेलले वताए ।

थापासमक्ष कडेलले यतिका समय वितिसक्दासमेत सरकारले पुर्नस्थापनाको कुनै पनि कार्य गर्न नसकेको जनाउंदै बाढी पीडितहरु निकै आक्रोशित भएको वताए । बाढी पीडितहरुलाई सरकारले वैरी झैं व्यवहार गर्न थालेको संयोजक कडेलको भनाई छ । प्रलयकारी बाढीले नुवाकोटको चार वटा स्थानीय तह प्रभावित पारेको छ । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा ठुलो जनधनको क्षति गरेको छ । बाढी पीडितहरुले गत महिनादेखि संघर्षका कार्यक्रम गरेका छन् । उनीहरुले सरकारले पुर्नस्थापनाको कार्य नगरेको जनाउंदै आन्दोलनमा उत्रिएका हुन् ।

बाढीले नुवाकोटको चार स्थानीय तहका २ हजार ८ सय वढि घरधुरी ध्वस्त पारेको छ । बाढीका कारण नुवाकोटको चार स्थानीय तहभित्रका दुईहजार आठसय ३१ घर ध्वस्त पारेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीले सवैभन्दा वढि क्षति बिदुर नपामा गरेको छ । बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीले बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ । बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।

प्रलयकारी बाढी गएको तीन महिना वितिसक्दासमेत नुवाकोटमा उचित रुपमा पुर्नवासको कार्य हुन नसकेको पीडितहरुले वताएका छन् । आफुहरुले सरकारको ध्यानाकर्षण गराउन र दवाव दिन सरोकारसमिति गठन गरेर संघर्षका कार्यक्रम सन्चालन गर्नुपरेको सरोकार समितिका सहसंयोजक अष्टमान डंगोलले वताए ।
बाढीबाट प्रभावितहरुको अवस्था, क्षति र पुनस्र्थापनाका सम्वन्धमा जानकारी लिन थापा नुवाकोट आइपुगेका हुन् । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा अध्ययन गरेका हुन् । विज्ञ टोलीसहित पुगेका सभापति थापाले बाढी प्रभावित क्षेत्रमा नागरिकको अवस्था बुझ्न र उनीहरूसँग अन्र्तक्रिया गरि स्थलगत जानकारी लिएका हुन् ।

बाढी प्रभावितको पुनर्निर्माण र पुनरुत्थानमा सरकारले ढिलाई गर्न नहुने सभापति थापाले वताए । बाढीबाट प्रभावितहरुको अवस्था बुझ्न तथा प्रभावित क्षेत्रमा गर्नुपर्ने पुनर्निर्माण र पुनरुत्थानका कामबारे स्थलगत जानकारी लिन नुवाकोट आएका कांग्रेसका सभापति थापाले सरकारले बाढी पीडितहरुको कार्यलाई प्राथमिकता दिनु पर्ने वताए । सरकारको आवश्यक काममा सहयोग रहने बताउंदै थापाले सरकारको बाढी पीडितहरुको सम्वन्धमा गरेकोे दाबी र वास्तविकताबीच अन्तर देखिएको दावी गरे । बाढी विस्थापितहरुलाई प्रत्यक्ष भेट्दै थापाले पुनस्र्थापनाबारे सरकारको दाबी र स्थलगत अवस्थाबीच अन्तर देखिएको वताए ।

उनले सरकारले धेरैवेर पीडितहरुलाई ढा्ट्न नसक्ने वताउंदै थापाले उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समितिमा विषय उठाउनेसमेत प्रतिवद्धता जनाएका छन् । थापाले बाढीबाट विस्थापितको पुनस्र्थापनामा सरकारको दाबी र स्थलगत वास्तविकताबीच ठूलो अन्तर देखिएको बताएका छन् । सभापति थापाले विस्थापितसँग भेटपछि स्थलगत अध्ययनको प्रतिवेदन बनाएर प्रदेश, केन्द्र र स्थानीय सरकारसँग आवश्यक पहल गर्ने बताए । थापाले सरकारलाई सहयोग गर्ने तथा पुनस्र्थापनाका कमजोरीबारे उच्चस्तरीय संयन्त्र र संसद्मा प्रश्न उठाउने प्रतिबद्धता जनाए ।

भोटेकोशी बाढीबाट विस्थापितको पुनस्र्थापनामा सरकारको काम र स्थलगत अवस्थाबीच ठूलो अन्तर देखिएको दावी गर्दै थापाले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बाढीवाट विस्थापितलाई पनि भेटेका छन् । उनले पुनस्र्थापनाका लागि सरकारलाई सहयोग गर्ने र आवश्यक ठाउँमा प्रश्न उठाउने बताए । सभापति थापाले सरकारलाई आवश्यक परेको ठाउँमा सहयोग गर्ने र घचघच्याउने बताएका छन् । विस्थापितको व्यवस्थापनका लागि सरकारलाई आवश्यक सहयोग गर्ने र प्रश्न पनि उठाउने थापाको भनाइ थियो । विस्थापितहरूले पुनस्र्थापना लगायतका माग राखेर संघर्ष समिति बनाएको लगायतका विषय आफूलाई जानकारीमा आएको बताउँदै थापाले स्थलगत निरीक्षणपछि प्रतिवेदन बनाएर यस समवन्धमा सरकारसँग आवस्यक कुरा गर्ने बताए ।

’अहिले संघर्ष समिति बनाइरहेको सुन्यौं । बसोबास गर्ने ठाउँको निधो नभएकाले ठूलो अन्योल भएको पीडा राखेको सुन्यौं, ।’ थापाले अगाडि भने, ’हामीले नेपाल सरकारलाई भनेका छौं– दुःखको बेलामा हामीलाई यी विषयमा कुनै अतिरिक्त राजनीति गर्नु छैन । तर, सरकारलाई सहयोग गर्ने पनि कर्तव्य हो, सरकारलाई घचघच्याउने पनि हाम्रो जिम्मेवारी हो, त्यसैले हामीले गर्ने ठाउँमा सहयोग गरिरहेका छौं, गर्छौं, तर जहाँ घचघच्याउने हो घचघच्याउँछौं ।’ त्रिशूली र ढुंगे बजारका बाढी प्रभावितसँग सभापति थापाले प्रत्यक्ष भेटघाट गर्दै टोलीले विदुर नगरपालिकाको ऐतिहासिक, पुरातात्विक तथा पहिचान वोकेका पुरानो व्यवसायिक केन्द्रका रूपमा परिचित त्रिशूली बजार र ढुंगे बजारको समेत स्थलगत अवलोकन गरेको छ ।

विदुर नगरपालिका १ को त्रिशूली र ढुंगे बजारका स्थानीय बाढी पीडित नागरिक र सरोकारवालाहरूसँग सभापति थापाले प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन् । थापाले बाढीबाट बजार क्षेत्र, स्थानीय बासिन्दा, घरपरिवार तथा व्यापार व्यवसायमा परेको प्रभावबारे जानकारी लिएका हुन् । बाढी प्रभावित नागरिकहरू अहिले कसरी आफ्नो दैनिक जीवनयापन गरिरहेका छन्?, बसोबासको अवस्था कस्तो छ?, व्यवसाय सञ्चालनमा के–कस्ता समस्या छन्? र उनीहरूलाई तत्काल के–कस्ता सहयोग तथा पुनस्र्थापनाका कार्यक्रम आवश्यक छन्? भन्ने विषयमा पीडितसँग प्रत्यक्ष छलफल गरेका हुन् । स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा पीडित नागरिकहरूबाट बजार क्षेत्रको वर्तमान अवस्था र बाढीबाट सिर्जित समस्याबारे जानकारी लिँदै सभापति थापाले प्रभावित क्षेत्रको वास्तविक वस्तुस्थिति सरकारले भनेको भन्दा फरक रहेको वताए ।

त्रिशूली र ढुंगे बजारको ऐतिहासिक तथा व्यवसायिक पहिचानलाई समेत ध्यानमा राख्दै बाढीबाट प्रभावित स्थानीयको जनजीवन, व्यापार व्यवसाय र समग्र बजार क्षेत्रको पुनस्र्थापनाका सवालमा सभापति थापाले स्थलगत जानकारी लिएका हुन् । बाढी पीडितहरूले सामूहिक समस्या, तत्कालीन राहत, सुरक्षित आवास, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, विस्थापित परिवारको पुनस्र्थापना तथा दीर्घकालीन व्यवस्थापनलगायतका विषयहरू सभापति थापासमक्ष बुँदागत रूपमा माग प्रस्तुत गरेका छन् । सभापति थापाले समितिले प्रस्तुत गरेका माग, सुझाव तथा पीडित समुदायका सरोकारहरू ग्रहण गर्दै तिनका विषयमा जानकारी लिए । बाढीले ध्वस्त पारेको त्रिशूली, देवीघाट, बेत्रावतीलगायतका बाढी प्रभावित क्षेत्रमा गठन भएका पीडित तथा सरोकारवाला समितिका संयोजक र प्रतिनिधिहरूसँग थापाले विशेष छलफल गरे ।

ती समितिहरूबाट समेत छुट्टाछुट्टै ज्ञापनपत्र ग्रहण गर्दै स्थानीय स्तरमा देखिएका समस्या, पीडितका माग र पुनस्र्थापनाका आवश्यकताबारे अन्र्तक्रिया गरे । नुवाकोटका विभिन्न क्षेत्रका बाढी पीडित समितिले आफ्ना मागहरू सामूहिक तथा बुँदागत रूपमा प्रस्तुत गर्दै सम्बन्धित निकायबाट आवश्यक पहल र सम्बोधन हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । यस क्रममा सभापति थापाले पीडित समुदायका प्रतिनिधिहरूबाट प्राप्त ज्ञापनपत्र, माग तथा सुझावहरूलाई ग्रहण गर्दै बाढी प्रभावित क्षेत्रको वास्तविक समस्या र पीडितहरूको समस्या समाधान आवस्यक रहेको वताए । सभापति थापाले विदुर नगरपालिका ५ मा आश्रय लिइरहेका तीनसय ५० घरधुरी बाढीपीडितसँगे भेटघाट गरे । नुवाकोटसंगै जोडिएको रसुवाको उत्तरगया गाउँपालिका १ बाट विस्थापित भई बसोबास गरिरहेका बाढीपीडित नागरिकहरूसँग केन्द्रीय सभापति थापाले प्रत्यक्ष भेटघाट गरि पुर्नवासको सम्वन्धमा आफुले विषय उठाउने वताए ।

साथै सभापति थापाले विदुर नगरपालिका ५ मा विभिनन स्थानमा बाढीपीडितहरूलाई आश्रय दिइएका विभिन्न अस्थायी आश्रय केन्द्रहरूमा पुगेर पीडितहरूसँग प्रत्यक्ष संवादसमेत गरे । उनले बाणाको चौतारो, कोदोबारी, ठूलोगाउँ तथा पोष्टवहादुर स्मृति पार्कमा स्थापना गरिएका अस्थायी आश्रय केन्द्रहरूको स्थलगत अवलोकन गरे ।
सभापति थापाले ति स्थानहरुमा आश्रय लिएर बसिरहेका विस्थापित परिवारहरूसँग भेट्दै उनीहरूको वर्तमान बसोबासको अवस्था, दैनिक जीवनयापन, खानेपानी, खाद्यान्न, स्वास्थ्य, सरसफाइ तथा अन्य आधारभूत आवश्यकताका विषयमा जानकारी लिए । वर्षौंदेखि आफ्नो घर, जग्गा, गाउँबस्ती र थातथलो छोडेर विस्थापित जीवन बिताउन बाध्य भएका नागरिकहरूले आफूहरूले भोगिरहेका कठिनाइ र समस्याहरू सभापति थापासमक्ष राखेका थिए ।

आफ्नो समस्याको यथोचित सम्बोधन, सुरक्षित आवासको व्यवस्था र दीर्घकालीन पुनस्र्थापनाका लागि आवश्यक पहल गरिदिन पीडितहरूले आग्रह गरेका थिए । पीडित नागरिकहरूको माग र गुनासो सुनेपछि सभापति थापाले उनीहरूका समस्या र मागहरूलाई सम्बन्धित निकाय तथा राज्यका जिम्मेवार निकायसम्म पु¥याउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी संसद्का सम्बन्धित समितिहरू, संसदीय समिति तथा विपद् व्यवस्थापनसम्बन्धी समितिहरूमा प्रतिपक्षको जिम्मेवार भूमिकामा रहेर बाढीपीडित नागरिकका समस्या उठाउन आफुले पहल गर्ने उनले वताए । विदुर नपा ५ अन्तर्गत देवीघाटका बाढीबाट प्रभावित भई विस्थापित जीवन बिताइरहेका नागरिकहरूसँग पनि सभापति गगनकुमार थापाले प्रत्यक्ष भेटघाट तथा अन्र्तक्रिया गरे ।

देवीघाटका बाढीपीडितहरू हाल चन्द्रज्योति मावि नजिकै अस्थायी आश्रय केन्द्रमा आश्रय लिएर बसोबास गरिरहेका छन् । सभापति थापा उक्त स्थानमै पुगेर त्यहाँ आश्रय लिइरहेका पीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका हुन् । उनले विस्थापित नागरिकहरूको वर्तमान अवस्था, बसोबासको व्यवस्था, दैनिक जीवनयापनमा आइपरेका कठिनाइ, उनीहरूका आवश्यकता तथा भविष्यप्रतिको अपेक्षाबारे जानकारी लिए । बाढी पीडितहरूले आफूहरूले भोगिरहेका समस्या, पीडा, आवश्यकता र पुनस्र्थापनासम्बन्धी अपेक्षाहरू सभापति थापासमक्ष राखेका थिए ।

थापाले पीडितहरूको भावना र समस्यालाई प्रत्यक्ष रूपमा सुन्दै आफूले संसदीय तथा राजनीतिक तहबाट गर्न सक्ने पहल र सहयोगका विषयमा समेत खुल्ला छलफल गरेका हुन् । विस्थापित नागरिकहरूको वास्तविक अवस्था बुझ्नु, उनीहरूको आवाज र अपेक्षालाई सम्बोधन गर्नु तथा राहत, सुरक्षित बसोबास र दीर्घकालीन पुनस्र्थापनाका विषयमा आवश्यक पहलका सम्भावनाबारे छलफल गरिएको कांग्रेस केन्द्रीय सदस्य डा. केदारनरसिंह् केसीले वताए । नुवाकोट र रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रका पीडित नागरिकहरूसँग भेटघाट तथा अन्र्तक्रियापछि कांग्रेसका सभापति थापासहितको टोलीले विभिन्न प्रभावित भूभागहरूको स्थलगत अवलोकन गर्दै बाढीपीडित नागरिक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको वर्तमान अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिएको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाको बाढी प्रभावित नुवाकोट, रसुवा तथा धादिङका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडित नागरिकसँगको भेटघाट कार्यक्रममा बाढी पीडित, स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले बाढीले पारेको प्रभावका सम्वन्धमा जानकारी गराएका थिए । कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा विभिन्न प्रभावित वडाका जनप्रतिनिधिहरू सहभागी थिए । नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सभापति थापासमक्ष बाढीपीडित संघर्ष समितिका अध्यक्ष सुर्यबहादुर कँडेल तथा समितिका पदाधिकारीहरूसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् ।

अध्यक्ष कँडेलले बाढीपीडितहरूको समग्र अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा पीडित समुदायका तर्फबाट तयार पारिएका मागहरू समेटिएको ज्ञापनपत्र सभापति थापालाई बुझाए । उनीहरूले आ–आफ्नो क्षेत्रको बाढीबाट सिर्जित अवस्था, स्थानीयवासीले भोगिरहेका समस्या तथा राहत र पुनस्र्थापनाका आवश्यकताबारे जानकारी गराएको स्थानयिवासी तथा कांग्रेस बिदुर नगर सभापति सुजन गजुरेलले जानकारी दिए । बाढी पीडितहरूको पछिल्लो अवस्था, दैनिक जीवनयापनमा समस्या वढ्दै गएको र, पुनस्र्थापनाको आवश्यकता रहेको पीडितहरुले सभापति थापासमक्ष माग गरे ।





