बिदुरः नुवाकोटमा ग्लान समुदायको सानमुदायिक भवन निर्माण गरिएको छ । गोल्फु नम्सापुरानमा घ्लानहरूको थातथलो “ग्लान ङारदीम” निर्माण गरि उद्घाटन गरिएको हो । ग्लानहरुको भेलाले नयां कार्यसमितिसमेत चयन गरेको छ ।


पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नवनिर्मित भवनको उद्घाटन गरे । उनले नेपालको परम्परा, संस्कृति र पहिचानको छुट्टै विशेषता रहेको वताए । नेपाललाई धार्मिक तथा सांस्कृति पर्यटकिय केन्द्रको रुपमा विकसित गरिनुपर्ने उनले वताए ।

नुवाकोटको दुप्चेश्वर गापा–४ गोल्फु नाम्सापुरानमा ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ग्लान ङारदीम उद्घाटन गरिएको हो । ‘भाषा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहास खोजी हाम्रो अभियान’ भन्ने नारालाई सार्थकता बनाउन छरिएर रहेका तामाङ जातिभित्रको ग्लानहरुको पुख्र्यौली भूमि नुवाकोट गोल्फु नम्सापुरानमा विशेष कार्यक्रम गरिएको आयोजकले जनाएको छ । ग्लानहरूको उद्गम थलो दुप्चेश्वर गापा ४ स्थित गोल्फु नम्सापुरानमा निर्माण सम्पन्न भएको सांस्कृतिक भवन ‘ग्लान डारदीम’ को विशेष कार्यक्रमका साथ उदघाटन तथा ग्लान समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

नवनिर्मित ङारदीम संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको ९० लाख र दुप्चेश्वर गाउँपालिकाबाट ९ लाख विनियोजन गरी कुल ९९ लाख रुपैयाको् लागतमा निर्माण कार्य सम्पन्न भएको हो । आयोजक तथा नवगठित समितिका संयोजक अर्जुनबहादुर ग्लानका अनुसार सम्मेलनले छरिएर रहेका ग्लानहरूलाई एउटै सूत्रमा बाँध्न र आफ्नो पुख्र्यौली थलोको संरक्षण संवद्र्वन गर्दै सांस्कृतिक धरोहरको पहिचानलाई थप सुदृढ बनाएको छ । भेलाले अर्जुनवहादुर ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

उक्त कार्यक्रममा पुर्व झापादेखि, लमजुङ तथा दक्षिणको तराई सर्लाहीदेखि सिन्धुपाल्चोक, नुवाकोटका ग्लानहरुको सहभागिता रहेको थियो । अन्य सदस्यहरुमा ललीत ग्लान, सर्केस ग्लान, रक्षकबहादुर ग्लान, छिरिङदोर्जे ग्लान, बच्चुराम ग्लान, ज्ञानबहादुर ग्लान, आनन्दी ग्लान, बिना ग्लान, शर्मिला ग्लान र करुणा ग्लान रहेका छन् ।










