बिदुरः नुवाकोट २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. अचुतम लामिछाने अन्र्तक्रिया गर्दै जनतामाझ पुगिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र गाउंका समस्या समाधानका विषयमा प्रत्यक्षरुपमा जनतामाझ गएर अन्र्तक्रिया गरिरहेका छन् । उनले शिक्षालाई युग सुहाउंदा वनाउन आवस्यक रहेको जनाएका छन् ।


सोही अनुसार सामुदायिक तथा प्राविधिक विद्यालयहरुमासमेत पुगेर स्थलगत रुपमा अनर्तक्रिया गरेका छन् । सांसद डा. लामिछानेले शिक्षा, स्वास्थ्य र गाउंका समस्या समाधानका लागि आफु जनतासंगै रहेको पनि प्रतिवद्धता जनाएका छन् । बिदुर नगरपालिकाभित्रका विभिन्न विद्यालय तथा समुदायमा पुगेर उनले स्थलगत अवस्थाका सम्वन्धमा जानकारी लिएका छन् ।

सांसद डा. लामिछानेले दुई दिनको अवधिमा विद्यालय, सामुदायिक स्थल तथा जनताको वस्तीमा पुगेर उनीहरुको गुनासो सुनेका हुन् । उनले आफुले सकारात्मक मागलाई सदैव उठाइरहनेसमेत वताए । जनतालाई मल, विउविजन, स्वास्थ्य सुरक्षा तथा जंगली जनावर वांदरको समस्या रहेको वताए ।

उनले यसका लागि आफुले संसदमै कुरा उठाएकोसमेत स्मरण गराए । उनले जनतासँग भेटघाट तथा छलफल गर्दै उक्त समग्र विकास, पुर्वाधार, सुशासनमा सुधार, शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल गरेका छन् । समुदायका लागि विद्यालय सुधार र गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।


























