बिदुरः आगामी आर्थिक वर्षमा उद्योग क्षेत्रमा आवस्यक वजेट सम्वन्धमा अन्र्तक्रिया गरिएको छ । यसका लागि वागमति प्रदेशका उद्योगमन्त्रि आफैं जिल्ला जिल्लामा पुगिरहेकी हुन् । औद्योगिक वातावरण सुधार ः दिगो अर्थतन्त्रको आधार“ भन्ने मुल नारासहित आगामी आव २०८३/०८४ को उद्योग समवन्धि बजेट पूर्व तयारी सम्बन्धमा नुवाकोट र रसुवामा अन्तक्रिया कार्यक्रम गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालयको आयोजनामा दुवै जिल्लामा भएको कार्यक्रममा वागमति प्रदेशका उद्योगमन्त्रि विन्दु श्रेष्ठ आफैं पुगेकी हुन् ।


वागमति प्रदेशको उद्योग वाणिज्य, भुमि तथा प्रसासनमन्त्री बिन्दु श्रेष्ठले अव उद्योग अन्र्तगतका व्यवसायहरुलाईसमेत सरलीकरण गरिने वताइन् । उनले प्रविधि र आधुनिकताको सदुपयोग गरि अनलाइनमार्फत उद्योग, व्यवसाय सम्वन्धि सवै कार्य सुरु गरिने वताइन् । अनलाइनमार्फत उद्योग अनुमति, कागजपत्र प्रविष्टि तथा आवस्यक विवरण भर्न सक्ने प्रविधिको विकास गरिने मन्त्रि श्रेष्ठले वताइन् ।

नेपालमा उद्योग व्यवसायको भविष्य निकै राम्रो रहेको वताइन् । आव २०८३/०८४ बजेट पुर्व तयारी तथा अन्र्तक्रिया कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, चेम्वर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधानले साना उद्यो्गी तथा व्यवसायीलाई लक्ष्यित गरि वजेट ल्याउनुपर्ने वताए ।

सोही कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रवहादुर पण्डित, लघु उद्यमी महासंघकी गतिा थापा, तयारी उद्योग पोशाक संघककी शान्ति प्रधान, लायन्स सेवा केन्द्रका अध्यक्ष श्रीकृष्ण रिजाललगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले स्वरोजगार तथा व्यवसायजनय उद्योगहरुको प्रवद्र्धनका लागि वजेट तथा कार्यक्रम ल्याउनु पर्ने वताए ।











