बिदुरः अशक्तहरुको सुविधाका लागि नुवाकोटमा घरमै पुगेर प्रशासनिक सेवा प्रदान गरिएको छ । यसवाट अशक्त तथा छुट भएकाहरुसमेत निकै खुसी भएका छन् ।


जिल्ला प्रशासन कार्यालय नुवाकोटको सहजिकरणमा किस्पाङ गाउँपालिकाको पञ्जिकरण शाखा/ सेवा इकाईबाट शारीरिक अशक्त र अघिल्लो पटक छुट भएका ज्येष्ठ नागरिकहरुको घरमा गई प्रशासनिक सेवा प्रदान गरिएको हो । जसमा आवस्यक यन्त्र, उपकरणसहित सेवाग्राहीको घरमै पुगेर आवस्यक सेवा प्रदान गरिएको हो ।

शारीरिक अशक्त तथा ज्येष्ठ नागरिकहरुको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रयोजनार्थ राष्ट्रिय परिचयपत्रको आवेदन दर्ता गरिएको किस्पाङ गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेको भनाई छ । यस कार्यवाट किस्पाङवासी निकै खुसी भएको उपाध्यक्ष न्यौपानेले वताए ।








